मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शम्भु प्रधान विरूद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी

फिल्मीखबर, काठमाण्डौ, 2011/12/07

चलचित्र 'मेरो जीवन साथी' को छायाकंनको क्रममा गत शुक्रबार राति प्राविधिकहरू माथि भएको सांघातिक आक्रमणका बिषयमा छलफल गर्न तिनकुने प्रहरी चौकी र चलचित्र विकास बोर्डले पटक पटक बोलाउदा अटेर गरेपछी नूतन स्टूडियोका सञ्चालक शम्भु प्रधान बिरूद्ध चलचित्र प्राविधिक संघले जिल्ला प्रशासन कार्यालय काठमाण्डूमा उजुरी दर्ता गरेको छ ।

संघले आफ्ना प्राविधिक माथि भएको आक्रमणका बिषयमा उचित क्षतिपूर्ति  र सञ्चालक प्रधानलाई कारबाहीको दायरामा ल्याउन माग गर्दे  बुधबार बिहान उजुरी दर्ता गरेको हो । उजुरीका लागि महासचिव अनन्त तिमिल्सिना प्रशासन कार्यालय पुगेका थिए ।  'छलफलबाट विवाद छिनोफानो गरौ भन्ने थियो तर शम्भु जी सम्पर्कमा आउन चाहानु भएन । त्यसैले कानुनी उपचार गर्ने निर्णय अनुरूप उजुरी दर्ता गरेका हौ', महासचिव तिम्लिसिनले फिल्मीखबर समक्ष भने ।

 

यस्तै तिम्लिसिनका अनुसार तिनकुने प्रहरी चौकीले स्टुडियो सञ्चालक प्रधानलाई शनिबार र आईतबार घटनाका बारे बुझ्न दुई पटक ताकेता गरेको थियो तर चौकीको आग्रहलाई समेत प्रधानले वेवास्ता गरेका छन् । त्यस्तै हिजो मंगलबार चलचित्र विकास बोर्डले घटनाको बारेमा छलफल गर्न डाकेको पिडित पक्ष, प्राविधिक संघ र स्टूडियो सञ्चालकको त्रिपक्ष छलफलमा पनि सञ्चालक प्रधान उपस्थित भएका थिएनन् । प्रधानलाई विकास बोर्डले सोमबार बोर्डमा उपस्थित हुन पत्र काटेको थियो ।

शुक्रबार राति भएको घटनामा अनामनगरमा रहेको स्थानिय शान्ति युवा क्ल्वका सदस्य भन्दै आएका करिब ६ जनाको समूहले क्लवको होर्डिङ बोर्ड नूतन स्टूडियोमा छायाकंन गर्न आएको गाडीले भत्काई दिएको भन्दै 'मेरो जीवन साथी' को यूनिट माथि आक्रमण गरेको थियो । आक्रमणबाट क्यामेरापर्सन रामेश्वर कार्की टाउकोमा चारवटा टाका लगाउने गरी घाईते भएका छन् भने प्रोड्यूसर जिवन टण्डन, निर्देशक दिवाकर भट्टराई र एक स्पट ब्याय पनि आक्रमणको सिकार भएका थिए ।