हाल रिलोडेड मिसन पैसामा ब्यस्त रहेकी अभिनेत्री निशा अधिकारीले उक्त फिल्म खेल्नु अघि स्नोफ्लावर्स नामक फिल्म खेलेकी थिईन् । जहाँ उनी दिया मास्केको अपोजिटमा समलिङ्गी भूमिकामा प्रस्तुत भएकी छिन् ।
कथालाई न्याय दिन उनले आफ्नो कपाललाई समेत छोटो गरी ब्याब्ज लुक्स दिएकी थिईन् । जुन लुक्सको चौतर्फी तारिफ भएको थियो भने ईन्टटेन्मेन्ट म्याग्जिनहरूमा उनको कपाललाई लिएर गसिप पनि प्रकाशित भएको थियो । तर स्नोफ्लावर्सको छायाकंन सकिएको लामै समय हुँदा सम्म पनि उनलाई फिल्मको ह्याङले नछाडेको उनका तस्बिरहरूबाट प्रष्टिन्छ ।
यस बर्षको जन्मदिन गुपचुप ढङ्गले मनाएकी निशाको बर्थडे पार्टीको तस्बिरहरूमा उनको हाउभाउ अर्कै देखिएको छ । उनका किस गर्ने शैली पनि स्नोफ्लावर्सको पात्र जस्तो देखिएको छ । जसले गर्दा निशा सो चलचित्रको क्यारेक्टरमा मज्जाले डुबेको सजिलै बुझ्न सकिन्छ । तर उनी सो क्यारेक्टरमा कहिले सम्म डुब्छिन् त भन्ने जिज्ञासा पनि उत्पन्न हुन थालेका छन् ।
यसरी क्यारेक्टरमा डुबेर काम गर्नु त पक्कै राम्रो हो तर कहिले सम्म डुब्ने हो त्यो क्यारेक्टरमा ? प्रश्न निशालाई नै !
निशाको बर्थडे पार्टिका केहि रोमाञ्चक तस्विरहरू -