मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शम्भु प्रधानलाई चौबिस घण्टे अल्टिमेटम

फिल्मीखबर, काठमाण्डौ, 2011/12/11

दुई साता अघि नूतन स्टूडियोमा छायाकंनरत चलचित्र 'मेरो जीवन साथी' का प्राविधिकमाथि भएको आक्रमणका बिषयमा छलफल गर्न  स्टूडियो सञ्चालक शम्भु प्रधानलाई जिल्ला प्रशासन कार्यालय काठमाण्डौँले महानागरीय प्रहरी प्रभाग सिंहदरबारलाई पत्र काटी २४ घण्टा भित्र अनिवार्य उपस्थित गराउन आदेश दिएको छ ।

चलचित्र प्राविधिक संघले पिडित पक्षलाई क्षतिपूर्ति सहित दोषीलाई कारबाहीको माग गर्दै गत बुधबार प्रशासनमा  प्रधान विरूद्ध उजुरी दर्ता गरेको थियो । जस अनुरूप सञ्चालक प्रधानलाई उपस्थित गराउने सम्बन्धमा सिडियो कार्यालयका प्रहरी उपरिक्षक जीवलाल चुदालीले हस्ताक्षर गरेको पत्र आज महानगरीय प्रहरी प्रभाग सिंहदरबार बैधखानामा दर्ता भएको छ ।

 

यस्तै प्रशासन कार्यालयले उपस्थितिको बारेमा पत्र पठाएपछी प्रहरी प्रभागमा उपस्थित भएका  नूतन स्टूडियोका  म्यानेजर प्रकाश दाहाल ,पिडित पक्ष र चलचित्र प्राविधिक संघसंग प्रहरीले छलफल गरेको थियो । छलफलमा भोली सोमबार बिहान ११ बजे अनिवार्य उपस्थिति गराउने सम्बन्धमा म्यानेजर दाहालले प्रहरी समक्ष बचन दिएका छन् । दाहालले भने, 'म्यानेजर भएको हैसियतले शम्भुजीलाई भोलि उपस्थित गराउने प्रयासमा छु सकिएन भने प्रहरीले आफ्नो कारबाही अगाडी बढाउछ ।'

 

स्टूडियोका म्यानेजर दाहाल सहित प्रहरी प्रभाग सिंहदरबारमा प्राविधिक संघका सम्पूर्ण सदस्य उपस्थित थिए भने पिडित पक्षबाट निर्देशक दिवाकर भट्टराई, निर्माता जिवन टण्डन र घाईते क्यामेरा पर्सन रामेश्वर कार्कीको उपस्थिति थियो ।

यस्तै सिंहदरबार प्रहरीले आज प्रधानलाई छलफलका लागि उपस्थित हुन फोन सम्पर्क गरेको थियो तर उनको फोन नउठेको प्रहरी नायव निरिक्षक शेखर जंग थापाले फिल्मीखबरलाई जानकारी गराए । उनले भने, 'प्रधानजीको म्यानेजरले भोलि बिहान उहाँलाई उपस्थित गराउने बाचा गर्नु भएकाले  तवसम्मका लागि पर्खिनेछौं नभए प्रशासनले दिएको आदेश बमोजिम हामी उहाँलाई घरबाटै पक्रिनेछौं ।'

प्रधानलाई घटना भएको भोलिपल्ट मंसिर १७ गते तिनकुने प्रहरी प्रभाग र चलचित्र विकास बोर्डले उपस्थित हुन आग्रह गरेको थियो तर छलफलका लागि सम्बन्धीत पक्षमा नगएपछी आक्रोसित बनेको प्राविधिक संघले उनी विरूद्ध प्रशासन कार्यालयमा उजुरी गरेको हो । नूतन स्टूडियोमा गत मंसिर १६ गते राति मेरो जीवन साथीको यूनिट माथि  स्थानिय शान्ति युवा क्ल्वका सदस्य भन्दै आएका आधा दर्जन युवहरूले सांघातिक आक्रमण गरेका थिए ।