मिति : २०८२ वैशाख १५, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फेसबुकमा महानायकको सम्मान कि अपमान ?

अनुप भट्टराई, काठमाण्डौ, 2011/12/15

जसरी बलिउडमा रजनी कान्तका फ्यानहरूले उनीमा आधारित भएर विभिन्न जोक्सहरू बनाए त्यसैगरी महानायक राजेश हमालका फ्यानहरूले पनि नेपालमा उनीसंग सम्बन्धीत भएर राजेश हमाल जोक्स नामक फेसबुक पेज नै खोलिदिए । त्यति मात्र हैन महानायक प्रतिको क्रेजले उनीको फेक फेसबुक एकाउन्ट पनि सयौको संख्यामा सञ्चालनमा छन् ।

 

हुनत हमालले डेढ बर्ष अघि फेसबुक एकाउन्ट खोले पनि त्यसको प्रयोग उनी गर्दैनन् तर फेसबुकमा उनको नाम सर्च गर्ने हो भने एक सय भन्दा बढी उनका फेक एकाउन्ट फेला पर्छन् । त्यस मध्ये पनि बलिउडका चर्चित  कलकारलाई अपमान गरेर महानायकलाई सम्मान दिने सस्तो लोक प्रियताकोएक पेजमा उनी विभिन्न मुदामा देखिएका छन् ।

 

फोटोसपबाट बनाईएका विभिन्न सामग्रीमा उनी अमेरिकी एक डलरमा देखिएका छन् भने शाहीकालिन नेपाली एक  हजार रूपैयाँको नोटमा उनी श्रीपेच लगाएको अवस्थामा छन् । त्यस्तै उनको नाममा गुगल ब्राउजर बनाईएको छ भने कम्प्यूटर पार्टसमा पनि उनको नाम ब्राण्डको रूपमा उल्लेख गरिएको छ । यति मात्र हैन फेसबुकमा फेला परेका उनीसंग सम्बन्धीत विभिन्न तस्बिरमा  उनलाई विश्वका चर्चित सेलिब्रेटी भन्दा उच्च राख्दै सस्तो लोकप्रियता दिने प्रयास गरिएको छ ।

एक तस्बिरमा नेपालका आईकन महानाकलाई अमेरिकी राष्ट्रपति बाराक ओबामाले झुकेर नमस्ते गरेका छन् । त्यस्तै पछिल्लो समय रिलिज भएको शाहरूख खानको चलचित्र रा-वनले रिभ्यू नपाएको प्रसङ्गलाई जोड्दै महानायकले रोवोट शैलीमा शाहरूख खानको उद्धार गरेको तस्बिर बनाईएको छ भने उनका अगाडी अमिताभ बच्चन होचा बनाईएका छन् । हमाललाई माथि देखाउन केही तस्बिरमा रजनी कान्त र शाहरूख खानले उनीसंग एक्सक्यूज मागेका कोटेशन सहित तस्बिर बनाईएको छ । तर ती कोटेशनमा राजेश हमालको तर्फबाट गाली गलौजका शब्द प्रयोग भएका छन् जसले गर्दा नेपालको हस्तीलाई उनका फ्यानहरूले गलत ढङ्गले प्रयोग गरेको प्रष्ट हुन्छ ।

हमालका फ्यानहरूले उनी जापानीज नागरिक भए कस्ता देखिएलान् भन्ने आकलन सहित तस्बिरमा उनलाई जापनीज नागरिक पनि बनाएको छ । यस्तै फेसबुकमा राजेश हमालको विवाह किन भएन भन्ने अंकगणितिय हिसाव सहितको उत्तर पनि तयार गरिएको छ । पैसा र श्रीमतीको प्रसङ्ग जोड्दै सो हिसावमा अन्तत: पैसा भने समस्या र समस्याको मुल जड श्रीमती भनी निस्कर्ष निकालिएको छ ।
 

फेसबुकमा भेटिएका विभिन्न मुद्राका तस्बिरका सम्बन्धमा महानायकलाई  सोधिएको प्रश्नमा उनले भने, 'सम्मान पूर्वक ढङ्गले सेलिब्रेटीका तस्बिरलाई रमाईलो गर्न पाईन्छ जुन चलन  संसारभर छ । तर गालीगलौज र एकले अर्कालाई अपमान गरेका वाक्य छन् भने मेरो आपत्ती छ ।' जुन चायज पनि छ । किन कि अर्कालाई सम्मान गर्न जानियो भने आफूले पनि सम्मान पाईन्छ । तसर्थ एक देशको कलाकारले अर्को देशको कलाकारलाई सम्मान गर्नुपर्ने हुन्छ । तर फ्यानहरूको गलत मानसिकताले महानायकको सम्मानमा घात पुर्‍याउने देखिन्छ ।

सम्बन्धित तस्बिरहरू हेरिसकेपछी  प्रतिक्रिया जनाउनु होला ।