मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

झरनाले पारिश्रमिक सहित डबिङ गर्ने पाउने

फिल्मीखबर, काठमाण्डौ, 2011/12/15

 रिलिज हुन लागेको चलचित्र 'माई लाईफ' का प्रोड्यूसर सुरज आरडीले नायिका झरना थापालाई एग्रीमेन्ट अनुसारको बाँकी पारिश्रमिक दिने भएका छन् । निर्माता आरडीले केहि दिनमा पारिश्रमिक उपलब्ध गराउने बाचा गर्दै डबिङ पनि आफैलाई गर्न दिने वाचा गरेको नायिका थापाले फिल्मीखबरलाई जानकारी गराईन् ।

 

पारिश्रमिक नपाए पछि झरनाले चलचित्र निर्माता संघमा निर्माता आरडी बिरूद्व उजुरी दिएकी थिईन् । उजुरी परेपछि संघका अध्यक्ष राजकुमार राईले फिल्मीखबर समक्ष झरनाको  उपस्थिति विना उजुरी दर्ता हुन नसक्ने बताएका थिए । तर पछि झरना  आफैले नै अध्यक्ष राईलाई फोन सम्पर्क गरेपछि  निर्मातासंघ समेत उनको पछमा उभिएको थियो ।  'संघको पहलमा नै मैले आफ्नो पारिश्रमिक सहित डबिङ पनि गर्न पाउने भएँ' नायिका थापाले भनिन्, 'म सहित अन्य चलचित्रकर्मीलाई पनि बाकी  पारिश्रमिक दिने निर्माताले बताएका छन् ।' 

 

सञ्चारकर्मीको रूपमा काम गर्दै आएकी कृती भट्टराईलाई  निर्माता आरडीले झरनालाई खबर नगरी डबिङ  गराएका थिए । जुन बिषयमा पनि झरनालाई आपत्ती जनाएकी थिईन । आफ्नो डबिङ आफैले गर्न पाउने भएपछी  नायिका थापा खुसी छिन् । उनी भन्छिन् 'मेरो स्वर अधिकांश दर्शकले चिन्नु हुन्छ त्यसैले मेरो अभिनयमा अर्काको डबिङ हुँदा दर्शकलाई नराम्रो इम्प्रेस पर्न सक्छ । त्यसैले डबिङ पनि मैले नै गर्छु  भनेकी थिएँ र सोही बमोजिम सुरजजीले  डविङ्गका काम पुनः सुरू गर्ने बताउनु भएको छ ।'