मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गोपीकृष्णले टिकट फिर्ता गर्‍यो

फिल्मीखबर, काठमाण्डौ, 2011/12/16

साउन्डमा समस्या आएपछी काठमाण्डौँको चाबहिल स्थित गोपीकृष्ण मुभिजले 'द युगदेखि युगसम्म' को सवै टिकट फिर्ता पर्ठाईदिएको छ । सदाको शुक्रबार झै आजदेखि राजधानीका १७ वटा सिनेमा घरमा प्रदर्शनमा आएको उक्त चलचित्रको प्राजेक्सनमा समस्या आएपछी गोपीकृष्णले सो चलचित्र नचलाउने निर्णय गरेको हो । 

 
दुई बर्ष अघि राजधानी बाहिर प्रदर्शन भैसकेको सो चलचित्रको प्राविधिक समस्याले तनाव भएको निर्देशक दीपेन्द्र के. खनालले जानकारी दिए । उनले भने, 'अरू सिनेमा घरमा साउन्डको समस्या छैन तर त्यहाँ समस्या देखिएकाले हलले फिल्म नचलाउने निर्णय गरेको छ ।'  युग देखि युग सम्म दीपेन्द्रको डेब्यू फिल्म हो ।
 
यस्तै आजैदेखि राजधानी भित्रिएको योगेश घिमिरे निर्देशित 'मेरो माया तिमिलाई' को प्रदर्शनमा भने प्राविधिक समस्या आएको छैन । उक्त सिनेमा राजधानीका नौवटा सिनेमा घरमा प्रदर्शनरत छ । 'मेरो माया तिमिलाई' 'पर्खिराख है' संगै मोफसलका ५ वटा सिनेमा घरमा अझै प्रदर्शनरत छ ।  
 
डिक खड्काको प्रस्तुती रहेको 'मेरो माया तिमिलाई' मा नवप्रस्तुतीको रूपमा अनुप बिक्रम शाहले अभिनय गरेका छन् । यसैगरी चलचित्रमा शुशिल क्षेत्री, जेशिका खड्का, रबिन्द्र खड्का, बालदिप राई लगायतले अभिनय गरेका छन भने 'द युगदेखि युगसम्म' मा राजेश हमाल, नन्दिता केसी तथा अनु शाह मुख्य भूमिकामा छन् ।