कहाँ भेटिएलामा सर्वाधिक रूचाईएको जोडी श्रीकृष्ण श्रेष्ठ र स्वेता खड्कालाई दर्शकले पुनः एक पटक हेर्न पाउने भएका छन् ।
अशोक श्रेष्ठको निर्देशनमा बन्न लागेको चलचित्र 'वाचम्यान' मा श्री मुख्य भूमिकामा देखिदैछन् भने स्वेताले उनको साथ दिने छिन् । बलिउड स्तरको लगानीमा आगामी जनवरी २० देखि छायाकंनमा जान लागेको उक्त चलचित्रमा स्वेता र श्री बाहेक बाकी कलाकार र टेक्निसियन भारतको रहने बताएको छ ।
तीन दशक अघि केटी थापा नाम गरेका एक नेपालीले भारतमा भोग्नु परेका पिडा र त्यही पिडासंगै उनले नेपालीहरूको हितमा डनको रूप धारण गरेको बिषय चलचित्रको मुख्य कथा रहने श्रीले फिल्मीखबरलाई जानकारी दिए । उनले भने, 'डन भन्दैमा नेगेटिभ हैन राम्रो काम गर्ने ब्यक्ति हुनेछ जसले समाजमा नराम्रा काम गर्नेलाई सवक सिकाउने छ ।'
कहाँ भेटिएला पछि श्रीमान-श्रीमती भन्ने चलचित्रमा पनि स्वेतासंग अभिनय गरेका श्रीले त्यस फिल्मबाट अपेक्षित प्रशंशा नपाए पनि वाचम्यानबाट भिन्न प्रशंशा पाउने विश्वास ब्यक्त गरे । उनले भने, 'सवै कुरा त अहिले भन्नु हुन्न तर यो फिल्मको स्क्रिप्ट अत्याधिक राम्रो छ र मैले धेरै समय पछी राम्रो फिल्ममा काम गर्ने मौका पनि पाएको छु ।'
भारतको मुम्बई, पुना, गोवा, दार्जिलिङ र काठमाण्डूका ग्रामिण भेगमा समेत छायाकंन हुने उक्त चलचित्रको प्रि-प्रोडक्सनको कामले अहिले तिब्रता लिएको छ । वाचम्यानमा श्री र स्वेतालाई नै लिनुको कारण के होला भन्ने फिल्मीखबरको प्रश्नमा निर्माता समेत रहेका उक्त चलचित्रका निर्देशक अशोकले भने, 'कथामा उहाँहरू फिट हुन भयो त्यसैले लिएको हुँ अरू कुनै कारण छैन ।'