मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

योङ्ग ब्लड अझै तातै छ : अरूणिमा

फिल्मीखबर, काठमाण्डौ, 2011/12/16

बच्चाको आमा भएपछि नायिकाको क्रेज हराउँछ भन्ने मान्यतालाई इन्कार गर्दै नायिका अरूणिमा लम्सालले आफू भित्र अझै फिल्मी योङ्ग ब्लड भएको र क्रेज अझै पनि रहेको बताएकी छिन् । गत कार्तिक २२ गते छोरीलाई जन्म दिएकी अरूणिमाले फिल्मीखबरसँग कुरा गर्दै भनिन्, 'म भित्र अझै पनि योङ्ग ब्लड तातै छ । अबको केहि महिना भित्रमा चलचित्र खेल्नका लागि तयार हुन्छु ।'

 

चलचित्र नगरीमा सुन्दर नायिकाको छबि बनाएकी अरूणिमाले चलचित्र क्षेत्र नै आफ्नो पेशा र कर्मथलो भएकाले बच्चा पाए पनि अभिनयबाट टाढा हुन नसक्ने बताईन् । उनले भनिन्, 'बुढेसकालमा छोराछोरी पाउँदा स्याहार गर्न गार्‍हो होला भनेर बेलैमा आमा बनेकी हुँ । अब छिट्टै नै चलचित्रमा देखिने छु ।' हाल रात दिन छोरीको सेवामा खटिएकी यि नायिकाले अभिनय गर्न भन्दा गार्‍हो बच्चा स्याहार्न भएको बताईन् ।

 

माईती घरमा सुत्केरी मान्न पुगेकी अरूणिमाले छोरीलाई स्याहार गर्न पर्दा चलचित्र क्षेत्रबाट केहि टाढा हुन परेको बताईन् । 'सुटिङमा बरू बेला बेला फुर्सद हुन्थ्यो तर अहिले छोरीको स्याहार गर्दा एकछिन पनि फुर्सद पाएकी छैन', व्यस्तताका बाबजुत पनि फिल्मीखबरसँगै अनुभव साट्दै अरूणिमाले भनिन्, 'पाँच वटा चलचित्रको सुटिङमा जति व्यस्त हुन्थें त्यो भन्दा बढि व्यस्त अहिले भएकी छु ।'

 

चलचित्र धडकनबाट चलचित्रको पर्दामा देखिएकी अरूणिमाले अभिनय गरेको पछिल्लो चलचित्र बजार प्रदर्शनको क्रममा छ । प्रदर्शन हुन बाँकि रहेको उक्त अन्तिम चलचित्रको रिभ्यू राम्रो पाउनेमा उनी बिश्वस्त पनि छिन् ।