मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सिनेमा हलको चलाखीमा निर्मातालाई घाटा

फिल्मीखबर, काठमाण्डौ, 2011/12/16

एक दशक देखि कञ्चनपुर स्थित महाकाली पारीका दुई गाविसका बासिन्दालाई लक्षित गरी सञ्चालनमा आएको महाकाली-दोधारा चलचित्र मन्दिरले चलाखी पूर्ण ढङ्गमा निर्मातालाई ठग्दै आएको  रहस्य खुलेको छ । 

 
हरेक कारोवार भारतीय मुद्रामा हुने उक्त क्षेत्रमा सिनेमा हलले नेपाली मूल्यको टिकट भारतीय मूल्यमा बेच्ने गरेको र  प्रोड्यूसरलाई नेपाली भर्पाई देखाउने गरेको पाईए पछी निर्माता ठगीमा परेको रहस्य खुलेको हो । केही दिन अघि दुलही रानीको छायाकंनको शिलशिलामा महाकाली पुगेकी अभिनेत्री मौसमी मल्ल र निर्देशक शोभित बस्नेतका अनुसार हल सञ्चालकले दुई मूल्यमा कारोवार देखाउदा दर्शक र निर्माता घाटामा परेको थाहा हुन आएको छ । चलचित्र बिकास बोर्ड मार्फत  हल अनुगमन गर्ने जिम्मा समेत पाएकी अभिनेत्री मल्लले उक्त हलको सो क्रियाकलाप आपत्ती जनक रहेको बताईन् ।
 
निर्देशक बस्नेतले फिल्मी करिअरमा पहिलो पटक यसरी कारोवार भएको देख्दा आफू अचम्ममा परेको बताए । बस्नेतले भने, 'झट्ट सुन्दा हिसाव क्लीयर देखिन्छ तर भारू र नेरू नछुट्दा  हलको ठगाईमा परेको थाहै भएन ।'  उक्त हलमा फिल्म हेर्नका लागि टिकट दर नेपाली मूल्य २५ र ३५ तोकिएको  छ तर हलले दर्शकबाट २५ र ३५ भारू लिने गरेको छ । जसकारण बीचमा पर्ने रकम हल वालाको गोजीमा सिधै जाँदा निर्माता मारमा परेका हुन् । हल सञ्चालक पूर्वमन्त्री रहेको बुझिएको छ । 
 
 
यस्तै यसै बिषयमा निर्माता संघका अध्यक्ष  राजकुमार राईसंग सोधिएको प्रश्नमा उनले निर्माता ठगिएको यो नयाँ श्रृङखला भएको भन्दै यस बिषयलाई तत्काल हल गर्न कदम चालिने बताए । उनले भने, 'निर्माता ठगिएको धेरै प्रकार छन् जस मध्ये मेरो ब्यक्तिगत सुधार लिष्टमा यो समस्या पनि थपिएको छ । त्यसैले छिट्टै नै यो समस्या पनि समाधान गर्ने तर्फ मेरो  ध्यानाकर्षण भएको छ ।'  
 
यस्तै सुटिङ्गको सिलसिलामा महेन्द्रगरमा रहदा अभिनेत्री मौसमी मल्लले विभिन्न स्थानका पाँच सिनेमा हलको अनुगमन गर्दा सिनेमा हलको विजोग अत्याधिक मात्रामा देखेको बताईन् । उनले भनिन्, 'कुरा गरेर साध्य छैन । फिल्म हेरिरहेका बेला तपाईको टाउको कुनै पनि बेला परेवाको सुली र गुँड र्झन सक्छ । '