मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बोर्डलाई ४० लाख

फिल्मीखबर, काठमाण्डौ, 2011/12/20

राष्ट्रिय चलचित्र पुरस्कारको अक्षय कोष स्थापनाका लागि अर्थ मन्त्रालयले चलचित्र विकास बोर्डलाई ४० लाख रूपैयाँ रकम निकासा गरिदिएको छ ।

 

वोर्डले माग गरेको एक करोड रूपैयाँलाई किस्ता स्वरूप मन्त्रालयले आगामी असार महिनामा बाकी ६० लाख दिने वाचा गर्दै हाल ४० लाख रकम उपलब्ध गराएको बोर्ड अध्यक्ष गणेश भण्डारीले फिल्मीखबरलाई जानकारी गराए । अर्थ मन्त्रालयले सञ्चार मन्त्रालयलाई रकम बुझाए पछि भण्डारी आज नै सो रकम लिन सञ्चार मन्त्रालय पुगेका थिए ।

 

प्राप्त ४० लाखबाट आउने व्याजले आउँदो असोज १ गते राष्ट्रिय चलचित्र दिवसमा २/२ लाखका दरले केहि चलचित्रकर्मीलाई पुरस्कार दिने भण्डारीको भनाई छ । पुरस्कार कस्ता व्यक्तिले पाउने छन् त भन्ने फिल्मीखबरको जिज्ञासामा भण्डारीले भने,'कार्याबिधी बनाउँछौं र सबैको सल्लाह लिएर नयाँ पुराना चलचित्रकर्मी छनोट गर्नेछौं ।'

 

बोर्डको नेतृत्वमा केही साता अघि केहि महिना अगाडी केहि बोर्डको नेतृत्वमा केही चलचित्रकर्मीहरूले अर्थ मन्त्री बर्षान पुनः अनन्त र केही साता अघि मात्र सत्तारुढ एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को निवास पुगी बोर्डलाई एक करोड निकासा गरिदिन आग्रह गरेका थिए । सोही पहलले आज मूर्त रूप पाएको हो । वोर्डलाई रकम उपलब्ध गराएको खबरले चलचित्रकर्मीहरू निकै खुसी भएका छन् ।