गत आईतबार गुपचुप ढङ्गले आफ्नो जन्मदिन मनाएकी अभिनेत्री केकी अधिकारीले उमेर खुलाउन चाहिनन् ।
भखैरै मात्र स्नातक तह उतिर्ण गरेकी केकीले 'आई एम सरी' को सेटमा बर्थडे केक काटेकी थिईन् । जहाँ फिल्मका क्रुमेम्बर र कलाकारहरूले उनलाई ह्याप्पी बर्थडे भन्दै वीस गरेका थिए । तर फेसबुक ईन्फोमा आफ्नो बर्थडे मिति सार्वजनिक नगर्दा उनी हजारौ शुभचिन्तकको तर्फबाट वीस लिन बन्चित भईन् ।
ढिला गरी प्राप्त केकीको बर्थडे खबर अनुसार उनलाई बहिनी मालिकाले सुटिङ सेटमै सर्रप्राईज दिएकी थिईन् । जस अनुरूप उनले बर्थडेका लागि तयार गरिएका कलरफूल क्यान्डललाई सोही सेटमा निभाएकी थिईन् । जहाँ आर्यन सिग्देलले उनलाई गालाभारी केक दल्न भ्याएका थिए भने आर्यनलाई उनले आफ्नै हातले केक समेत खुवाएकी थिईन् ।
म्यूजिक भिडियोबाट करिअर सुरू गरेकी केकी पछिल्लो समय चलचित्रकर्मी माझ रूचाईएकी नयाँ अनुहार हुन् जो सफल पनि भईरहेकी छिन् । तर पनि नयाँ सोच राख्ने केकीले परम्परागत महिलाहरूको मान्यतालाई आधार मान्दै उमेर खुलाउन नचाहनुलाई तपाई कसरी हेर्नुहुन्छ ? आईतबार देखि उनी कति बर्षमा टेकिन गेस गर्नुहोला ।