निर्माताको अण्डरमा रहेर क्रियशनलाई मार्दै सिनेमा निर्देशन गर्नु नेपाली निर्देशकका लागि बिडम्बनाको कुरा हो । समय परिवर्तनसंगै यो चलनले अझै निरन्तरता पाईरहेको छ ।
प्रसङ्ग हो चलचित्र लुटको । पौष मसान्त देखि प्रदर्शनको तयारीमा रहेको उक्त चलचित्रलाई युवा निर्देशक निश्चल बस्नेतले निर्देशन गरेका हुन् । पोष्टरमा कसको तस्बिर हाईलाईट गर्ने भन्ने बिषयमा मतभेद उत्पन्न हुँदा निर्देशकसंग निर्माताको असन्तुष्टी बढेको बुझिएको छ ।
लुट निकट स्रोत अनुसार निर्माता माधव वाग्लेले पब्लिसीटी पोष्टरमा ऋचा शर्माको तस्बिर हाईलाईट गर्न खोजेको त्यसैगरी अर्का निर्माता नरेन्द्र महर्जनले कर्मको तस्बिर हाईलाईट गर्न चाहेको तर कथा अनुसार निर्देशक बस्नेतले सौगात मल्लको तस्बिरलाई हाईलाईट गर्न खोज्दा उक्त विवाद चरम विन्दुमा पुगेको बुझिएको छ । जुन विवाद बुधबार आयोजित उक्त चलचित्रको अडियो लन्च समारोहमा प्रष्ट भएको थियो ।
अडियो लन्चमा सञ्चारकर्मीलाई दुई बजे उपस्थित हुने निम्तो दिईएको थियो भने चलचित्रको टिमलाई साढे एक बजे अनिवार्य उपस्थिति हुन आग्रह गरिएको थियो । तर निर्देशक बस्नेत निर्माता माधव वाग्लेको पटक पटक फोन प्रयास पश्चात सवा तीन बजे मात्र कार्यक्रम स्थलमा आईपुगेका थिए । निस्चल आउनु अघि कार्यक्रम स्थलको एक कुनामा गएर निर्माता वाग्लेले किन आउन नमानेको यतिबेला सम्म ? प्रोमो बनाएर बस्छौ ? अहिले प्रोमोको के काम ? भन्दै आक्रोशित मुद्रामा फोनबाटै निश्चललाई झपारेका थिए । उक्त फोन हुँदा घडीमा २ बजेर ५१ मिनेट भैसकेको थियो ।
'लुट' संग सम्बन्धीत अन्य कलाकारहरूको आग्रह पटक-पटक भएपछी निश्चल अन्तत: कार्यक्रममा सहभागी भए । समयमा कार्यक्रम सुरू नहुँदा सञ्चारकर्मीको तर्फबाट कार्यक्रम बहिस्कारको स्थिती हुन लागेको थियो तर जव निर्देशक आए तव बहिस्कारको कार्यक्रम रद्ध भयो । यध्यपी साघुरो स्थानमा कार्यक्रम आयोजना हुँदा मिडियाबाट निर्मातालाई सिनेमा उद्योग र सञ्चारकर्मीको सम्मान गर्न सिक्नुस भन्ने बिषयमा केही बेर भनाभन पनि भएको थियो । जसको बदलामा निर्माता माधव वाग्लेले गल्ती स्वीकार्दै माफी मागेका थिए ।
विवादका बाबजुत सार्वजनिक गरिएको अडियो सिडीको कभरमा कर्मलाई हाईलाईट गरिएको छ भने बाकी कलाकारलाई समान ढङ्गले प्रस्तुत गरिएको छ ।