मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ज्यादै मोटाए सुमन

फिल्मीखबर, काठमाण्डौ, 2011/12/22

तौल घटाउन निकै माहिर हिरो सुमन सिंह पछिल्लो समय निकै मोटाएका छन् । बुधबार आफूद्धारा अभिनित चलचित्र 'द गेम' को प्रिमियर शोमा उपस्थित उनी एक महिना  अघि अनौपचारिक कार्यक्रममा देखिएको भन्दा निकै मोटो देखिए ।
 
सुमनका गाला स्याउ जस्ता भएका  छन् भने सम्पूर्ण शरिर मोटाउदा उनको  केही अबरोध पुगे जस्तो देखिन्छ । हृवाईट सर्ट र थिक ब्ल्याक विन्टर कोटमा उपस्थित हुँदा अझ उनको शरिर मोटो देखिएको थियो । मोटाउनुको कारण के होला भन्ने फिल्मीखबरको प्रश्नमा सुमनले भने, 'खै कसरी मोटाईयो थाहा छैन । अझ यो पन्ध्र दिनमा पाँच केजी वेट घेटेको हो ।' झट्ट हेर्दा  सेठ जस्तो देखिने उनले ब्याच नम्बर १६ मा अभिनय गर्ने बेलामा १८ केजी सम्म तौल घटाएका थिए । उनले भने, 'मेरो वेट घट्नु बढ्नु ठूलो कुरा हैन चाहेको खण्डमा म जति पनि घटबढ गराउन सक्छु । '
 
हाल 'आई एम इन लभ' को सुटिङमा ब्यस्त सुमन अकस्मात मोटाएको कारणले चिन्तित नभएको बताए । 'हेल्थलाई ध्यान दिदै जाडोमा वेट नघटाएको हो नत्र भने मेरो लागि वेट घटाउनु ठूलो कुरा हैन', उनले भने । यध्यपी शरिर मोटाउदा उनी चिन्तित नदेखिए पनि मोटोपनाले उनको सौर्न्दर्यतामा भने केही कमी आएको छ । पाँच केजी घटाए पनि अहिले उनको तौल कति छ भन्ने कुरा उनले खुलाउन चाहेनन् । फोटो हेरर अन्दाज गर्नुस सुमनको तौल कति होला ?