मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

काठमाण्डू आएर बडिगार्ड प्याकअप

फिल्मीखबर, काठमाण्डौ, 2011/12/23

गत मंसिर १ गतेदेखी  शुरू गरिएको चलचित्र 'बडिगार्ड' को छायाँकन ३५ दिनमा प्याकअप भएको छ । हेटौंडामा चलेको औधोगिक व्यापार मेलाबाट शुरू भएको छायाँकन हेटौंडाका शहिद स्मारक, हुप्रा चौर, नवलपुर, मकवानपुर गढी, रातोमाटे, कुसमाण्ड र नारायणगढ हुँदै काठमाण्डू आएर  समाप्त गरिएको निर्देशक राजेन्द्र उप्रेतीले फिल्मीखबरलाई जानकारी गराए ।

 

काठमाण्डू नआई सुटिङ सक्ने लक्ष्य लिएको भए पनि नेपाल बन्दका कारणले गर्दा काठमाण्डू आउन बाध्य भएको निर्देशक बताउँछन् । उनी भन्छन्, 'हाम्रो योजना काठमाण्डूमा सुटिङ नगरौं भन्ने थियो तर बन्द हुने हल्ला चल्ने बित्तिकै हामी काठमाण्डू आउन बाध्य भयौं ।' आज शुक्रबार नै चलचित्रको पब्लिसिटी पोस्टरका लागि कलाकारको फोटो शुट गराएका निर्देशक उप्रेतीले 'बडिगार्ड' दर्शकलाई नयाँ बर्ष २०७९ को उपहार हुने बताए ।

 

सुशिल पोखरेलले निर्माण गरेको चलचित्रमा नवप्रस्तुतीको रूपमा आकाश शाहले अभिनय गरेका छन् । उनलाई नायिका सौजन्य सुब्बाले साथ दिएकी छिन् । चलचित्रमा  आकाश र सौजन्यको साथमा दिव्वेश्वर गौतम, दिपेन्द्र चन्द ठकुरीको पनि मुख्य भुमिका रहेको छ । यसै चलचित्रमा अभिनय गर्न आकाश मुम्बईबाट नेपाल आएका हुन् । उनी ४ दिन पछि पुन: मुम्बई फर्कदैं छन् र डबिङका लागि केहि समय पछि नेपाल आउने छन् ।

 

देश र समाजको सुरक्षाका लागि हरेक नागरिक बडिगार्ड हुनुपर्छ भन्ने सामाजिक सन्देश सहित निर्माण गरिएको सो चलचित्रको कथा शिबम अधिकारीले लेखेका हुन् । चलचित्रमा हरि लम्सालको संगीत, हिमाल केसीको द्वन्द, बब्बु थापाको नृत्य तथा कृष्ण श्रेष्ठको छायाँकन रहेको छ ।