मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नाटकबाट काठमाण्डूको नयाँ कथा खोज्ने काम सुरू

फिल्मीखबर, काठमाण्डौ, 2011/12/23

द स्काई मुभिजको आयोजनामा आउदो माघ अठार गते राजधानीका दर्जनौ कलेजका विद्यार्थीहरूको सहभागीतमा आयोजना गर्ने भनिएको बृहत नाटक मंचन कार्यक्रमको  सुरूवात आज शुक्रवारबाट गरिएको छ ।

  
नेपाली युवाहरूको स्वदेशी चलचित्र प्रति आकर्षण बढाउने उद्देश्य अनुरूप काठमाण्डूको बदलिदो तस्बिर शिर्षकमा ड्रक्स, स्ट्रेट चिल्ड्रेन लगायतका बिषयमा केन्द्रित  हुदै  कसरी नाटक  तयार गर्ने भन्ने बिषयमा स्काई मुभिजको तर्फबाट कार्यक्रम संयोजकको जिम्मा पाएका रंगकर्मी बिरेन्द्र हमालले सहभागी कलेजका बिद्यार्थीहरूलाई प्राविधिक बिषयमा विविध जानकारी गराएका थिए ।  
 
चाबहिल स्थित चलचित्र बिकास बोर्डमा आयोजित पहिलो चरणको ओरन्टेशन कार्यक्रममा  नाटकको महत्व र प्रस्तुती कस्तो हुनु पर्दछ भन्ने बिषय मुख्य केन्द्रित थियो । जस अनुरूप स्काई मुभिजले तोकेको क्राईट एरियामा रहेर   समाजलाई सकारात्मक सन्देश दिने प्रकृतिको निष्कर्ष सहितको  बढीमा ७ देखि १० मिनेट सम्मको  नाटक प्रस्तुत गर्नु पर्ने  छ । नाटकका लागि यथार्थपरक तथा काल्पनिक कथा समावेश गर्न पाईने छ भने पोलटिकल कन्सेप्टलाई रिजेक्ट गरिने छ । 
 
आजको ओरेन्टेशनमा राजधानीका एक दर्जन कलेजका विद्यार्थीहरू सहभागी थिए । सहभागी विद्यार्थीहरूले तयार गरेको नाटकलाई पौष २३ गते देखि सेलेक्सन राउण्ड मार्फत  छनौट गरिने छ भने त्यसको रिजल्ट आउट माघ १ गते गरिने छ । रिजल्टमा सात वटा नाटक मात्र फाईनलका लागि छनौट गरिने छ र माघ १८ गते हुने मेघा इभेन्टमा ती नाटकहरूलाई चलचित्र सहित विभिन्न विद्याका सेलिब्रेटीहरूको उपस्थितिमा  लाईभ टेलिकाष्टको रूपमा भब्य मंचन गरिने छ । 
 
आजको ओरेन्टेशनमा स्काई मुभिजका प्रमुख तथा चलचित्र निर्देशक आकाश अधिकारीले स्क्रिप्टका विषयमा विद्यार्थीहरूलाई करिब दश मिनेट विविध जानकारी गराएका थिए । माघको मध्य तिर रिलिज हुन लागेको उनको चलचित्र काठमाण्डूको कथा सडक बालबालिका सेक्स तथा डक्सको बिषयमा केन्द्रित छ  । 
 
आफूले एउटा बिषयमा चलचित्र काठमाण्डू निर्माण गरे पनि  युवा विद्यार्थीहरूले काठमाण्डूमा भेटिने अरू कथालाई कसरी प्रस्तुत गर्छन भन्ने बिषय प्रति रूची बढाउदै निर्देशक अधिकारीले उक्त कार्यक्रम गर्न लागेको जानकारी दिए । कार्यक्रमका लागि  युवा संयोजकको रूपमा खटिएकी  प्रतिमा श्रेष्ठले सोमबार भित्रै थप केही कलेजले पनि कार्यक्रमका लागि सहभागीता जानाउन लागेको जानकारी दिईन ।