मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमेरिकाका स्टुडेन्टले रूचाए सायद

फिल्मीखबर, काठमाण्डौ, 2011/12/24

नेपालका चलचित्रकर्मी, सञ्चारकर्मीको साथमा इजरायलमा रहेका नेपालीले समेत रूचाएको नेपाली चलचित्र 'सायद' लाई अमेरिकाको ब्रिघम योङ युनिभर्सिटीका स्टुडेन्टले पनि रूचाएको निर्माता सुनिल रावलले फिल्मीखबरलाई जानकारी गराए ।

 

अमेरिकाको साल्टलेक सिटी स्थित उक्त युनिभर्सिटीमा रहेका करिब दुई सय नेपाली र बिदेशी स्टुडेन्टले चलचित्र हेरिसके पछि राम्रो चलचित्र बनेको प्रतिक्रिया दिएको निर्माता रावलको भनाई छ । क्रिशमस बिदाको अवसर पारेर हिजो शुक्रबार अंग्रेजीमा सबटाईटल चलचित्र देखाईएको थियो । यसरी व्यस्त समयका बाबजुत दुई घण्टा बसेर सायद हेरेका अमेरिकी स्टुडेन्टले राम्रो प्रतिक्रिया दिएपछि सुनिल निकै दंगिएका छन् ।

 

यति मात्र हैन यो चलचित्र हङकङमा नियमित रूपमा प्रदर्शन पनि हुने भएको छ । नेपाल चलचित्र निर्माता संघको पहलमा उक्त चलचित्र सहित ‘साथी म तिम्रो’, ‘अन्दाज’, ‘इकुः ब्याक अगेन’ र ‘मुनामदन’ रिलिज गरिंदै छ । बंगाली तथा हिन्दी भाषामा रिमेकको लागी प्रतिलिपी अधिकार दिईएको सो चलचित्र बिशेषगरी युवापुस्तामा केन्द्रित छ । चलचित्रलाई सुरज सुब्बाले निर्देशन गरेका हुन् ।

 

केहि महिना अगाडी इजरायलमा प्रिमियर गरिएको चलचित्र सायदमा झरना थापा, सुनिल रावल, संयम पुरी, विल्सनविक्रम राई लगायतले अभिनय गरेका छन् । कोरियामा जनवरी २४ तारिखका दिन रिलिज हुन लागेको यो चलचित्र नेपालमा भने नेपाली नयाँ बर्षको शुरूवातमा रिलिज गर्ने तयारी भईरहेको छ ।