मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सवैले रोयल्टी दिए कति होला ?

फिल्मीखबर, काठमाण्डौ, 2011/12/25

संगीत प्रयोग गरेवापत सम्बन्धित श्रष्टाले पाउनुपर्ने रोयल्टी नपाईरहेका बेला म्यूजिक नेपालले आज चौध जना गीतकार,  सोर्‍ह जना संगीतकार र एघार जना गायक गायिकालाई ३ लाख २५ हजार रकम रोयल्टी स्वरूप वितरण गरेको  छ । संगीत रोयल्टी संकलन समाजको आयोजनामा भएको कार्यक्रममा म्यूजिक नेपालले आफ्नो कम्पनी मार्फत निर्माण गरिएका गीतहरूको सीआरविटी तथा पिआरवीटी मार्फत २०६७ सालमा डाउनलोड भएका आधारमा सम्बन्धीत श्रष्टाहरूलाई रोयल्टी प्रदान गरेको हो ।


रोयल्टी पाउनेमा गीतकार तर्फ सर्वाधिक  धेरै रकम राजेन्द्र थापाले पाएका छन् । उनको भागमा  १२ हजार ८ सय ७८ रूपैया परेको छ ।  यसैगरी संगीत तर्फ आलोकश्रीले १४ हजार ४ सय ९३ र गायन तर्फ महिलामा अञ्जु पन्तले ७ हजार १ सय ४६ र पुरूष तर्फ गायक शिव परियारले १४ हजार ७ सय ८० रूपैया  पाए । संगीत क्षेत्रका चर्चित श्रष्टाहरूको उपस्थितिमा संघिय मामिला तथा संविधानसभा मन्त्री सुष्मा शर्माले श्रष्टाहरूलाई रोयल्टी सहित प्रमाणपत्र वितरण गरेकी थिईन् ।

 

कार्यक्रममा विभिन्न संगीत संस्थाका पदाधिकारीहरूले रोयल्टीका बिषयमा डटेर लाग्नुपर्ने धारणा ब्यक्त गरेका थिए । हाल संगीत उद्योगमा १०४ कम्पनी दर्ता भएपनि यसरी रोयल्टी  दिनेमा म्यूजिक नेपाल मात्र अग्रसर भएकाले श्रष्टाहरू अरू कम्पनीको मारमा परेको प्रति श्रष्टाहरूको गुनासो थियो । यस्तै उत्सुकताका साथ रोयल्टी वितरण गरेको म्यूजिक नेपालका प्रमुख सन्तोष शर्माले संगीतको गाडी स्टार्टको निरन्तरतालाई आफ्नो कम्पनीले जारी राख्न चालेको यो कदमलाई आगामी बर्ष पनि निरन्तरता दिने  प्रतिबद्धता ब्यक्त गरे । 



श्रष्टाहरूका अनुसार संगीत उद्योगसंग दर्ता भएका सवै कम्पनीले प्रत्येक बर्ष रोयल्टी दिदा थोरैमा पनि एउटा श्रष्टाले बार्षिक एक लाख पाउने आकलन काटिएको छ । यस्तै डिजिटल राईटस, पब्लिक प्लेस राईटस लगायतका स्थानमा बजेका गीतबाट सम्बन्धीत संस्थाले  रोयल्टी पाउनुपर्ने धारणा उनीहरूको थियो । तर उपत्यका रेडियो प्रसारक मञ्चका अध्यक्ष प्रभात रिमालले रोयल्टीका लागि श्रष्टाहरू प्रतिशतको पछि मात्र लागेको  तर त्यससंग सम्बन्धीत सफ्टवेयर निर्माण र वितरणको विषयमा चासो नदेखाउदा रेडियोहरूले बजाएको आधारमा चाहेर पनि रोयल्टी दिन नसकेको बताए । उनले भने, रोयल्टीको बिषयमा रेडियोको ईन्टेशन माथि शंका छैन तर सफ्टवेयर चाहियो ।'

 

नेपालमा सञ्चालन भएका रेडियो नेपाल, रेडियो कान्तिपुर एफएम, सगरमाथा एफएम लगायतले मुस्किलले गन्न सकिने केही एफएम स्टेशनहरूले मात्र गीत बजाएको आधारमा बर्षिक रूपले सम्बन्धीत गीतका श्रष्टाहरूलाई रोयल्टी दिईरहेका छन् । कार्यक्रममा बोल्ने अन्य अतिथिहरूले संगीतलाई सित्तैमा उपभोग गर्नुपर्छ भन्ने मान्यतालाई सर्वप्रथम परिवर्तन गरेको खण्डमा श्रष्टाको सम्मान हुने धारणा राखेका थिए ।

रोयल्टी पाउनुहरूको लिष्ट रूपैयामा


गीतकार तर्फ
१) डा भोला रिजाल : .......
२) भूपेन्द« खड्का :  १७३४
३) धनेन्द« विमल : २२५२
४) दिनेश अधिकारी : १७७७
५) जीवन शर्मा : २६३६
६) कालि प्र रिजाल : १५०८
७) किरण खरेल : १०७७
८) डा. कृष्णहरी बराल : १२२४
९) लय संग्रौला : ५२३०
१०) राजेन्द्र थापा  : १२८७८
११) रमण घिमिरे : ४८५२
१२) रक्तिम परिवार : २१२६
१३) एसपी कोइराला : २३८५
१४) शितल कादम्बीनी : ८६०

संगीत तर्फ
१) आलोक श्री : १४४९३
२) अनिल शाही : ७७५
३) भूपेन्द्र रायमाझी :  २४४०
४) विवि अनुरागी : १३७६
५) चण्डी प्र. काफ्ले : १२९१
७) हरि लम्साल : २४०८
८) मदन गोपाल : १५६०
९) महेश खड्का : १०६०
१०) न्यू बज्राचार्य : १२८८
११) शम्भुजीत बास्कोटा : ४२५६
१२) शिला बहादुर मोक्तान : २००९
१३) शक्ति बल्लभ : १९००
१४) सुरेश अधिकारी : १४७७
१५) चेतन सापकोटा : ५२३९
१६) दीपक जंगम : १९९८
गायन  तर्फ
१) अञ्जु पन्त : ७१४६
२) ईन्दिरा जोशी : ९२६
३) कुन्ती मोक्तान : १४५६
४) मल्लिका कार्की : ४४५४
५) रेखा शाह : २०२१
६) आनन्द कार्की : १९३६
७) राजेश पायल राई : १३५६
८) रामकृष्ण ढकाल : २७४४
९) रूपक डोटेल : २७८०
१०) शिव परियार : १४७८०
११) नारायणगोपाल संगीत प्रतिष्ठान : २८७९