नेपाल टुरिजम बोर्डले सिनेमा टुरिजमको कन्सेप्टलाई आत्मसाथ गरेको केही साता वित्न नपाउदै नेपाल स्थित ओम ईन्टरनेश्नल ईन्टरटेन्मेन्टले हलिउडका चलचित्रकर्मी ल्याएर अर्न्तराष्ट्रिय स्तरको वर्कशप गर्ने भएको छ ।
आईतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त कम्पनीले वर्कशपमा सहभागी हुने अमेरिकाका पाँच चलचित्रकर्मीको नाम सार्वजनिक गरेको छ भने बाँकिको केही सातापछी फाईनल हुने जानकारी दिएको छ । आउदो फ्रेब्रअरी महिनाका लागि तयारी उक्त वर्कशपमा 'ब्लड ईन ब्लड आउट', 'डोलरेस क्यालिर ब्रोन' तथा 'द रिङ्ग २' नाम चलचित्रलाई सफल छायाकंन गरिसकेका क्यामेरा पर्सन ग्याबरिएल बेरिष्टेन, लष्ट टेरा नोभा चलचित्रमा प्रोडक्सन म्यानेजर भएर काम गरिसकेका क्यारिस बारबोसा, अमेरिकन फिल्म ईन्ष्च्यूट कन्जरभेटरीका साहायक डिन जोय पेट्रिका र मोडल तथा अभिनेत्री सोनिया लोफेजको उपस्थिति हुने संस्थाकी सिईओ जेनशा भट्टराईले जानकारी दिईन् ।
कार्यक्रमको बारेमा जानकारी दिंदै आयोजक संस्थाकी सिईओ भट्टराईले, 'नेपाली दर्शकका लागि हलिउड कलाकार सपना मात्र नभई यथार्थ समेत होस तथा दुई देशका सिनेमाको आदानप्रदान होस भन्ने हेतुले यो वर्कसप गरिन लागिएको हो ।' सार्वजनिक गरिएको उक्त हलिउडका टिमलाई बंगलादेशको वर्कसपमा समेत पुर्याइ सकेकी भट्टराईले नेपाली फिल्म मेकरहरुलाई प्रोत्साहन र अवसर दिने उद्देश्यले नेपालमा पनि वर्कसप गर्न लागिएको जानकारी दिईन ।
वर्कसपमा सहभागीता जनाउनका लागि सिनेमा प्रति इन्ट्रेष्ट भएका ब्यक्ति न्यूनत प्लस टू पास हुनु पर्ने क्राईटएरिया तोकिएको छ भने अत्याधिक ईच्छुक तीन ब्यक्तिलाई छनौट गर्दै छात्रबृत्ति स्वरुप वर्कसपमा सहभागी गराईने बताईएको छ । सात दिने वर्कसपमा सिनेमा निर्देशन अभिनय, कला निर्देशन तथा छायाकंन लगायतका केही महत्वपूर्ण विद्याको समेत जानकारी प्रदान गरिने उक्त संस्थाका निर्देशक प्रकाशजंग कार्कीले बताए ।
सात दिने कार्यक्रम सहित हलिउडका फिल्म मेकरको उपस्थितिमा हलिउड नाईट समेत आयोजना गरिने बताईएको छ । जसका लागि अमेरिकाका केही चर्चित गायक गायिकालाई पनि उपस्थित गराईने बताईएको छ । वर्कसपमा सहभागीता जनाउनका लागि २० हजार तिर्नु पर्ने छ भने हलिउड नाइटका लागि ५ हजार तोकिएको छ ।