मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निशा विवाद सहमतिमा टुङगियो

फिल्मीखबर, काठमाण्डौ, 2011/12/27

अन्तत: चरम विन्दुमा पुगेको अभिनेत्री निशा अधिकारी  र निर्देशक सुरेश दर्पण पोखरेल बीचको विवाद साम्य भएको छ । 

 
एग्रीमेन्ट अनुरूप थ्री लभर्समा अभिनय नगरेको र चार महिना अघि लिएको एग्रीमेन्ट वापतको पैसा समेत फिर्ता नगरेको भन्दै गत शुक्रबार चलचित्र निर्माता संघमा निशा विरूद्ध उजुरी दिएका सुरेश दर्पणले एक रूपैया क्षतिपूर्ति सहित एग्रीमेन्ट बापतको ५५ हजार निशाबाट पाएका छन् । निर्माता संघको कार्यसमितका मुख्य सदस्यको उपस्थितिमा आज संघमा भएको  छलफलमा निशा र सुरेश आफ्नो हठमा लचिलो भएपछी उनीहरूको विवाद साम्य भएको हो । 
 
 
छलफलमा सुरेशले निशाबाट माग गरेको एग्रीमेन्ट बराबरको क्षतिपूर्ति  जति रूपैया भएपनि निशाले  दिनु पर्ने सहज सर्त राखेपछी निशाले सुरेशलाई एक रूपैया क्षतिपूर्ति स्वरूप दिएको संघका महासचिव केशब भट्टराईले जानकारी दिए । उनले भने, 'यो विवाद संघसम्म आउने खालको थिएन मात्र  दुई जनाको क्म्यूनिकेशनमा कमी  हुदा ठूलो भएको हो ।'  यस्तै विवाद साम्य पश्चात प्रोफेशनालिजम के हो भन्ने कुरा निशाले बुझदै आगामी दिनमा उनीबाट यस्तो खाले गल्ती अरू चलचित्रकर्मीसंग नदोहोरियोस भन्ने  धारणा फिल्मीखबरसमक्ष सुरेशले राखे  । गल्ती स्वीकार्दै निशाले एक रूपैया भएपनि क्षतिपूर्ति दिनु सकारात्मक भएको भन्दै सुरेशले उक्त एक रूपैयालाई कतै डोनेशन गर्ने बताए ।
 
 
यस्तै निशाले दुवै जना युवा चलचित्रकर्मी भएकाले मिसअन्डरस्टाण्डिङ भएको भन्दै यो विवादबाट आफुले एउटा पाठ सिकेको बताईन् ।  तर विवाद टुङ्गीए पनि  चलचित्रकर्मीको नाता आगामी दिनमा के होला र तपाईहरू एउटै प्रोजेक्टमा काम गर्ने सम्भावना कति होला भन्ने प्रश्नमा दुवैले भविष्यको कुरा भविष्यमै थाहा  होला भन्ने उत्तर दिए ।  यस्तै विवादका सम्बन्धमा संघका अध्यक्ष  राजकुमार राईलाई कसको गल्ती थियो भन्ने प्रश्नमा उनले पनि कम्यूनिकेशनको कमीले दुई जनाको विवाद देखिएकाले गल्ती दुवैको  नभएको बताए ।