मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रमोशन पनि सपिङ पनि

अर्पण ढकाल, धरान, 2011/12/27

फेसन नगरीको रुपमा  परिचित धरानको महिमालाई 'द गेम' चलचित्रको युनिटले मज्जाले बुझेका रहेछन् । त्यसैले होला 'द गेम' को प्रमोशनको लागी धरानको आएको चलचित्रको टोली प्रमोशनसँगै धरानको व्यस्त बजार भानुचौकमा सपिङमा समेत व्यस्त भयो ।

 

धरानमा पाइने स्टाइलिस लुगा र जुत्ता बारे काठमाडौंमा सुनेको हुनाले धरान आउँदा त्यसको फाइदा पनि लिएको चलचित्रका डेब्यु नायक एवम् लेखक बिएन राणाले बताए । उता चलचित्रकी नायिका निरुता सिंह पनि आफ्नो लागि पहिरन खोज्न ब्यस्त देखिन्थिन् । झण्डै १० वर्ष पछि धरान आएकी निरुता दर्शकबाट आत्मीय साथ र माया पाउँदा समेत खुसी थिइन् । चलचित्रको युनिट बजारमा सपिङ गर्दा उनीहरुलाई हेर्ने दर्शकको घुइँचो पनि लागेको थियो ।

 


पोखरा नारायणगढ हुँदै प्रमोशनको लागि पूर्व आएको टोलीले आजै झापाको विर्तामोड र दमकमा पनि दर्शकसँगै चलचित्र हेर्न पुगेका थिए । निरुता र बिएनसँगै चलचित्र कि सम्पादक एवम् निर्देशक रक्षा सिंह राणा र निर्माता बुनु विष्ट पनि पूर्व आएका थिए । पुष ८ गतेबाट देशभर प्रदर्शनमा आएको चलचित्र पूर्वको गणेश टाकिज धरान, पाथीभरा दमक, शारदा बेलबारी र श्रीकृष्ण विर्तामोडमा प्रदर्शन भइरहेको छ ।

 

चलचित्रको व्यापार खस्किरहेको बेला 'द गेम' ले भने देशभर नै उत्साहजनक व्यापार गरिरहेको निर्देशक रक्षाले बताइन् । चलचित्र हलसँगै टोलीले पूर्वका विभिन्न संचारगृह गई चलचित्र बारे जानकारी समेत दिन भ्याएका थिए ।