महानगरीय ट्राफिक प्रहरी कार्यालयले राजधानीका सडक पेटी मिचेर बनाएका घरहरू भत्काउने क्रममा चलचित्र निर्माता संघको कार्यालय पनि परेको छ ।
नक्साल बालमन्दिर स्थित विगत १३ बर्षदेखि भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको संघले भवन भत्किने भएपछी उपयूक्त स्थानमा नयाँ भवन खोजीलाई तिब्रता दिएको छ । फिल्मखबरसंग कुरा गर्दै महासचिव केशव भट्टराईले भने, 'केही दिनको अल्टिमेट दिएका छन्, त्यसैले भवन खोजी कार्यलाई तीब्रता दिदै सवैलाई पायक पर्ने स्थानमा संघ सारिने तयारी भैरहेको छ ।'
२०५५ सालमा स्थापना भएको संघले त्यही बेलादेखि उक्त भवनलाई आफ्नो कार्यालय बनाएको हो । यस्तै उक्त भवनमा निर्माता संघ सर्नु अघि नीर शाहको नेतृत्वमा रहेको राष्ट्रिय चलचित्र कलाकार संघको कार्यालय थियो तर चलचित्र कलाकार संघसंग उक्त संस्था मर्ज भएपछी भवनमा निर्माता संघले आफ्नो कार्यालय खोलेको हो ।