मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

के थियो कुनामा सुष्मा र स्वरुपको ?

काठमाण्डौ, फिल्मीखबर,, 2011/12/29

निर्देशक सुदर्शन थापासंग ब्रेकअप पश्चात विन्दास देखिएकी अभिनेत्री सुष्मा कार्कीले हालसम्म कुनैपनि ब्याय फ्रेण्ड नरहेको बताउदै आएकी छिन् । आफ्ना नातेदार भाईहरु लिएर विभिन्न कार्यक्रममा पुग्दा उनका बडिगार्डहरुका चर्चा पनि नभएको हैन । 

 

आईटम हिरोइन सुष्मा आजकाल सिनेमामा जति विकाउ बनेकी छिन् त्यतीकै कन्सर्टहरुमा पनि आयोजकहरुको रोजाईमा पर्न थालेकी छिन् । जस अनुरुप न्यूइयर २०१२ को उपलक्ष्यमा आयोजना हुने सास्कृतिक कार्यक्रममा सहभागी हुन उनी बुधबार विभिन्न कलाकारहरुको साथमा कतार उडिन् । एक साताका लागि कतारको कार्यक्रममा ब्यस्त रहने उनी मामा पर्ने प्रोड्यूसर  प्रभुशम्शेर जवरा माईजु, मम्मी र हजुरआमाका  साथमा एयरपोर्ट पुगेकी थिईन् ।

सुष्मा आफ्नो टोलीमा रहेका  अन्य कलाकार सुमन सिंह, धुर्मुस सुन्तली, गायक बद्री पंगेनी  जुनु रिजाल तथा केही अन्य गायक गायिकाभन्दा पर एउटा कुनामा स्वरुराज आचार्यसंग गफमा मस्त थिईन् । कतार प्रस्थानका लागि उनको  टिममा रहेका अन्य कलाकारहरुले सुष्मालाई धेरै खोजेका थिए तर सुष्माले स्वरुपराजको साथ छाड्न नमान्दा टीममा रहेका अन्य कलाकार अचम्मीत भएका थिए । 

 

स्वरुप पनि सुष्मासंग विभिन्न स्टाईलमा गफ गर्न मस्त थिए । बेलुकी १० बजेको फ्लाईटबाट कतार जाने तयारीमा धुर्मुसको टिमले सुष्मा र स्वरुपलाई खोज्न करिब दश मिनेट लगाएका थियो ।  अन्तत: केहीबेरको खोजी पश्चात एक कुना मामा स्वरुप र सुष्मा गफिदै गरेको भेटिएपछी उक्त टिम कतार प्रस्थान गरेको थियो ।

यस्तै बुधबार सोही  समयमा संगीतकार सुरेश अधिकारी पनि चाईनाको ग्वान्जाऊ गएका छन् । ग्वान्जाऊमा आयोजना हुने सास्कृतिक कार्यक्रममा सहभागी भई अधिकारी जनवरी ९ तारिखका दिन  स्वदेश फर्कने छन् । उनलाई अभिनेता दिनेश डिसीले एयरपोर्ट सम्म छाडिदिएका थिए ।

 

मायाज बारको निर्देशनको प्रि-प्रोडक्सनलाई तीब्रता दिएका डिसीले आफ्नो टेलिभिजन रियालीटी शो खोजी प्रतिभाको तीन जज विदेश गएपछी तनाव भएको बताए । उनले भने, 'कन्स्रटका लागि सुरेश जी  आज चाईना जानु भो रुपा उपाध्याय अमेरिका फर्किसक्नु भयो र राजेपायल राई ब्रुनाई जादै हुनुहुन्छ । त्यसैल नयाँ फिल्मको काम र टेलिभिजनको कामले एक मिनेट फुस्रद नहुने भो मलाई ।'