मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शोकका कारण सम्पूर्ण सुटिङ स्थगित

फिल्मीखबर, काठमाण्डौ, 2011/12/30

टिभीसी एड खिच्न जाने क्रमममा गत पौष ८ गते नवलपरासीको कावासोतीमा दुर्घटनामा परेर निधन भएका क्यामेरा पर्सन कानुरी शेर्पाको शोकलाई लिएर  चलचित्र प्राविधिक संघले शुक्रबार हुने सम्पूर्ण सिनेमाका छायाकंन देखि लिएर म्यूजिक भिडियो तथा चल्ने चित्रसंग सम्बन्धीत सवै छायाकंन स्थगित गर्ने निर्णय गरेको छ ।


निधन भएका शेर्पाको परिवारलाई  निर्माता गंगाप्रसाद पोखरेल  र युगेश रायमाझीको तर्फबाट पाँच लाख क्षतिपूर्ति भरपाई गर्न सफल हुदै संघले आज शुक्रबार मात्र शेर्पाको बौद्ध परम्परा अनुरुप अन्तिम दाहसंस्कार गरेको छ । 'सम्पूर्ण प्रविधिकहरुको उपस्थितिमा उहाँ प्रति सम्मान ब्यक्त गर्दै अन्तिम श्रद्धाञ्जलीको कार्यक्रम राखिएको हुनाले एक दिनका लागि  सुटिग बन्द गर्ने निर्णय गरिएको हो', संघका महासचिव अनन्त तिमिल्सिनाले भने ।

 

एक साता अघि भएको दुर्घटनामा दशजना प्राविधिक घाइते भएका छन् त्यसमध्ये लाईटम्यान बासु न्यौपानेको अवस्था चिन्ता जनक छ । हाल फलोरमा पूर्वाञ्चलमा एक भोजपुरी चलचित्र, सर्लाहीमा लंका, काठमाण्डूमा फेसबुक, थ्री लभर्स, विरासत, दुलही रानी, मेरो मनको साथी लगायतका चलचित्र छन् ।