मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

डिसीलाई मन्त्री ठान्दा

फिल्मीखबर, काठमाण्डौ, 2011/12/30

सिमित कार्यक्रममा मात्र  नेपाली पोसाकमा ठाटिने अभिनेता दिनेश डिसीलाई नेपाली पोषाकले भने हिजो रमाईलो अनुभव दिलायो ।  सानेपा स्थित तिलिंगाटार माविको पचासौ बार्षिकउत्सवमा राष्ट्रपति रामबरण यादवसगै नेपाली पोषाकमा ठाटिएर गएका उनी उतैबाट नेपाल टेलिभिजनको कार्यालय सिंहदरबार गए ।

फयामेलियर फेस भएपनि हरेक दिन सिंहदरवार प्रवेश गर्ने समयमा परिचय पत्र देखाउदा हैरान भएका डीसी बुधबार भने मन्त्री सरह भए । बाबुराम सरकारको जम्बो मन्त्रीमण्डलका सदस्य जस्तै  देखिएका उनी जव सिंहदरबार मुख्य प्रवेशद्धारमा पुगे तव उनलाई सुरक्षाकर्मीले स्यालुट हान्दै खोजिनिति विना सिंहदरबार प्रवेश गराए ।

 

'प्रहरीको प्रहरीले सम्मान दिएपछि एक छिन त म पनि अलमल्लमा परे', लाईफको उत्कृष्ट रमाईलो घटना भोगेको भन्दै डिसीले सिहदरबार गेटको रमाइलो कहानी सुनाए,  मलाई मन्त्री ठान्दा अचम्मित मात्र भईन कि दिनभर मेरो मुड अफ पनि भएन ।' उनी ढाकाटोपी र दौरासुरुवालमा थिए ।

 

चलचित्र मायाजबारको निर्माण लगत्तै पाँच करोड बजेटको प्यास सिनेमा निर्माणलाई तिब्रता दिईरहेका डिसी २०५१ सालमा पहिलो पटक सुपरहिट  हास्य धाराबाहिक ट्वाक्क टुक्क निर्माणको क्रममा सन्तोष पन्तसंग सिंहदरबार प्रवेश गरेका थिए । त्यसपश्चात उनको सिंहदरबार आऊ जाऊ निरन्तर जारी रहँदा पहिलो पटक उनी बुधबार प्रहरीको नजरमा मन्त्री ठहरिए ।