मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

राजेशलाई झाँकी सहितको र्‍यालीले स्वागत

श्रवण देउवा, कैलाली, 2011/12/30

कैलालीका स्थानीय बासीहरुले चर्चित नायक राजेश हमाललाई धनगढीमा भव्य स्वागत गरेका छन् । सुदूरपश्चिम देउडा महोत्सव उद्घाटन गर्न आएका नायक हमाललाई आयोजक सुदूरपश्चिम साँस्कृतिक समुहले गेटा स्थित धनगढी बिमानिस्थलबाट मोटरसाईकल र्‍याली सहित धनगढी पुर्‍याएका थिए ।
   

नायक हमाललाई सुदूरपश्चिमको संस्कृती प्रदर्शन गरेर धनगढीको ट्रफिक चौराहा देखी डिभोटी होटलसम्म झाँकी सहितको र्‍याली गरिएको थियो ।  नायक हमाल महोत्सव उद्घाटनका लागि धनगढी आएका हुन् । हमालको धनगढीमा तिन दिनको बसाई रहने आयोजकले बताएको छ । उनलाई उच्च सर्तकता सहित धनगढीको डिभोटी होटलमा बसाईएको छ  । हमाललाई गेटा बिमानिस्थलमा उनका सयौ फ्यानहरु पुगेका थिए ।

 

आजबाट शुरू महोत्सवमा सहभागी हुन नायिका रेखा थापा र अभिनेता सुनिल थापा पनि कैलाली आउँदैछन् र सुदूरपश्चिमको कला संस्कृतिलाई नजिकबाट नियाल्ने छन् ।