मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलाकारसंग प्राविधिक संघ असन्तुष्ट

फिल्मीखबर, काठमाण्डौ, 2011/12/30

कलाकार र प्राविधिक भनेको एक अर्काका परिपूरक नै हुन् । किनकी दुई पक्षको ट्यूनिङ विना अभिनयको स्वाद दर्शक माझ पुग्न सक्दैन । तर प्राविधिकको निधन हुँदा कलाकारहरूको तर्फबाट सहानुभुती नपाउदा चलचित्र प्राविधिक संघ कलाकार र चलचित्र क्षेत्रका अन्य संघसंस्थासंग रूष्ट भएको छ ।

 
शुक्रबार सिनेमा सहित सम्पूर्ण विद्याका छायाकंन स्थगित गरेर क्यामेरा पर्सन कानुरी शेर्पाको अन्तिम श्रद्धाञ्जली कार्यक्रम गर्दा नैतिक सहानूभूति प्रकट गर्न कलाकारहरूले चासो नदेखाएको भन्दै संघले सन्तुष्टी जनाएको हो । श्रद्धाञ्जली कार्यक्रममा संघका अध्यक्ष सन्तु तामाङले फिल्मीखबरसंग कुरा गर्दै भने, 'कलाकारको श्रद्धाञ्जलीमा प्राविधिकको सहभागिता जसरी हुने गरेको थियो आगामी दिनमा यो बिषयमा सम्पूर्ण प्राविधिकहरू सोच्न बाध्य भएका छौ ।'  
 
यस्तै संघका क्यामेरा डिपार्टका उपाध्यक्ष दीपक बान्तवाले पनि श्रद्धाञ्जली कार्यक्रममा प्राविधिकहरूलाई सहानुभुती दिन कलाकार उपस्थित नहुँदा चित्त दुखेको बताए । त्यस्तै महसचिव अनन्त तिम्लिसिनाले बैगुनी कलाकारहरूलाई प्राविधिकहरूले गुनले मार्ने भन्दै आगामी दिनमा प्राविधिकको दु:ख–सुखमा कलाकारले साथ दिनेछन् भन्दै कलाकारप्रति  विश्वास ब्यक्त गरे । उनले भने, 'आज एउटा टेक्निसियन मर्दा कलाकारको साथ छैन त्यसैले सवैलाई अनुरोध छ दुई पक्ष तालि बजेमा सिने उद्योगको उत्थान हुने थियो ।'  
 
 
श्रद्धाञ्जली कार्यक्रममा चलचित्र निर्माता संघको तर्फबाट अध्यक्ष राजकुमार राई,  संगीतकार लक्ष्मण शेष तथा इकुका निर्देशक सागर लामिछाने उपस्थित थिए भने बाकी प्राविधिक मात्र । 
 
टिभीसी एड खिच्न जाने क्रमममा गत पौष ८ गते नवलपरासीको कावासोतीमा दुर्घटनामा परेर निधन भएका क्यामेरा पर्सन कनुरी शेर्पाले विभिन्न सामाजिक टेलिश्रृङखला खिचेका छन् भने जोमिख पूर्ण तरिकाले  सगरमाथा सम्म पुगी विभिन्न डकुमेन्ट्री खिचेका छन् । उनको परिवारलाई प्राविधिक संघले पाँच लाख क्षतिपूर्ति दिलाईसकेको छ ।
 
हाल सो विज अर्न्तगत नेपालमा करिब १८ हजार ब्यक्ति प्रत्यक्ष संग्लन छन् जस मध्ये ८ हजार प्राविधिक छन् । तर बाकी संख्यामा रहेका अन्य सिनेकर्मीले टेक्निसियनको निधन हुँदा सहानुभूति प्रकट नगरेको भन्दै प्राविधिक संघले असन्तुष्टी जनाएको हो ।