मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्क्रिप्ट राईटरको खोजीमा दिपेन्द्र

फिल्मीखबर, काठमाण्डौ, 2011/12/30

नायक नायिकाको खोजी भईरहेका बेला निर्देशक दिपेन्द्र के खनाल भने स्क्रिप्ट राईटरको खोजीमा छन् । फिल्मीखबरसँगको कुराकानीमा निर्देशक खनालले युवापुस्ताको मन जित्ने खालको कथा लेख्न सक्ने स्क्रिप्ट राईटरको खोजी गरिरहेको बताए ।

 

फाल्गुन महिना तिर नयाँ चलचित्र निर्देशन गर्ने सोच बनाएका निर्देशक खनालले अहिलेका युवाहरूले नेपाली चलचित्रको कथा नै कमजोर देखेकाले उनीहरूबाट नै केहि नयाँ कथा निस्कन सक्ने सम्भावना देखेर स्क्रिप्ट राईटरको खोजी गरेको बताए । उनले भने, 'मसँग कथा नभएको हैन तर पनि नयाँ खालको कन्सेप्ट दिन सक्ने कोही राईटर भेटें भने उसँग काम गर्न तयार छु ।'

 

हाल 'चपली हाईट' को पोस्टप्रोडक्सनमा व्यस्त रहेका दिपेन्द्र केहि फरक धारको चलचित्र निर्माण गर्ने सोच आफूमा रहेको बताउँछन् । नेपाली चलचित्रको कथा नै कमजोर रहेको तितो यथार्थलाई आत्मसाथ गरेका यि युवानिर्देशक अहिलेको जेनेरेशनलाई चलचित्रमा संलग्न गराएर दर्शकको मन जित्ने चलचित्र बनाउने सोचमा छन् ।

 

चपली हाईट पनि बनिरहेका चलचित्र भन्दा केहि फरक रहेको बताउने दिपेन्द्र भन्छन्, 'मेरो सोच युवापुस्ताको मन भित्र छिरेर उनीहरूको भावनालाई बुझ्ने चलचित्र निर्माण गर्ने हो । त्यसैले राम्रो कथा पाएँ भने म आफ्नो तर्फबाट सक्दो मेहनत गरेर राम्रो चलचित्र बनाउने कोशिस गर्नेछु ।'दिपेन्द्रले यस अघि 'द युगदेखी युगसम्म' र 'धर्मा' चलचित्र निर्देशन गरिसकेका छन् ।

 

यदि तपाईंसँग राम्रो कथा छ भने यि युवानिर्देशकलाई सम्पर्क गर्न ढिला नगर्नुस् । के थाहा तपाईंको कथामा नै उत्कृष्ट चलचित्र बन्छ कि !