मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ट्याक्सी चलाउँछन् आर्यन

फिल्मीखबर, काठमाण्डौ, 2012/01/01

चकलेटी हिरोको ट्याग पाएका आर्यन सिग्देलको उक्त ट्याग अब चकलेटीमा मात्र सिमित रहेन । उनी ब्यबहारिक पनि भएका छन् । लभरब्याय आर्यनले अब हिरोइनका लागि जस्तो सुकै त्याग गर्ने भएका छन् । उनी ट्याक्सी ड्राईभर भएर हिरोईन केकी अधिकारीलाई फकाउने सुर कसेका छन् । 

 
माघ २७ गते देखि देशब्यापी रिलिज हुन लागेको चलचित्र 'आई एम सरी' मा उनी ट्याक्सी ड्राईभर  भएर दर्शकलाई  भिन्न स्वाद दिने तयारीमा छन् । महंगा भनेर  सिनेकर्मीबाट ओलोचना खेप्दै आएका उनी उक्त चलचित्रको प्रोष्टप्रोडक्सन स्थल लाजिम्पाट स्थित ओडिसी कार्यालयमा  भेटिएको बेला भन्दै थिए, 'फिल्म सोचे जस्तै राम्रो बनेको छ । त्यसैले यहि फिल्मको प्रोमोशनमा ज्यादा ध्यान दिने छु ।'
 
अठार महिना लगाएर छायाकंन गरिएको महंगो बजेटको उक्त चलचित्रलाई हरि महतले निर्माण गरेका हुन् भने निर्देशन दिनेश राउतले । 'समय जति पनि लाग्न सक्छ मात्र यति हो कि फिल्म कस्तो बनाउने भन्ने कुरा हो त्यसैले समयसंग तुलना नगर्नुस', निर्देशक राउतले भने ।
 

यस्तै फिल्मलाई सम्पादन गरिरहेका सुरेन्द्र  पौडेलले चलचित्र हरेक पक्षबाट उत्कृष्ट रहेको भन्दै सम्पादनमा आफुले विशेष ध्यान दिएको बताए । सस्पेन्स शैलीको उक्त चलचित्रको एक प्रसंग मात्र मिस भए सम्पूर्ण  सिनेमा बिग्रेन  भन्दै पौडेलले सम्पादनमा अलिक बढी मिहिनेत  गरेको बताए ।
 
यस्तै रिलिज डेट नजिकिएपछी उक्त चलचित्रको प्रोमोशनलाई पनि तिब्रता दिईएको छ । जस अनुरूप आउदो शनिबार 'आ एम सरी' को टिम मनकामना गएर चलचित्रको सफलताको कामना गर्दैछ । प्रोमोशन स्वरूप तयार गरिएको उक्त चलचित्रको फष्ट टिजर हेर्नुस ।