समकालिन हिरोईनहरु संचिता लुइटेल र अरुणिमा लम्साल आमा बने लगत्तै अभिनेत्री ऋचा घिमिरेले सन्तान सुखः चाहिएको प्रष्टीएको छ ।
ऋचाको गर्भमा अहिले तीन महिनाको स्मल शंकर घिमिरे हुर्किरहेको छ । २०६६ साल मंसिर २७ गते निर्देशक शंकर घिमिरेसंग बैबाहिक बन्धनमा बाधिएकी उनले फिल्मीखबरसंगको जिज्ञासामा भनिन्, 'शारिरीक र मानसिक दुवै रुपले परिपक्व भएकाले सन्तान जन्माउने निर्णय गरेकी हूँ । अहिले थ्रीमन्थ क्रस भयो अबको छ महिना पछी मम्मी बन्ने छु । '
छोरा वा छोरी के को अपेक्षा छ ? भन्ने प्रश्नमा उनले भनिन्, 'जे भएपनि बच्चा स्वस्थ होस तर पनि कता-कता मनको कुनामा छोरी प्रतिको चाहा छ ।' ऋचाले छोरी भए आफूजस्तै कलि सुन्दरी तर हाईट अलिकति अग्लो भएको अपेक्षा गरेकी छिन् भने छोरा भए स्मार्ट र ह्याण्डसम ।
यस्तै अभिनयबाट सन्यास लिएको कुरालाई क्रस गदै उनले भनिन्, 'यो अवस्थामा मलाई कसैले फिल्म खेल्न अफर गर्छ भने प्रेगनेन्ट क्यारेक्टमार म खेल्न तयार छु ।' 'प्रेगनेन्ट भन्ने वित्तिकै विरामीको दृष्टीले हेरिने चलन छ जुन ठीक होईन त्यसैले डेलिभरी नहुञ्जेल सम्म पनि म घरमा त्यतिकै कोचिएर बस्दिन', उनले तर्क आघि सरिन् । अहिले उनी होम प्रोडक्सनको चलचित्र तुलसीको प्रोष्टप्रोडक्सनमा ब्यस्त छिन् ।
श्रीमतीबाट सन्तान सुख पाउने खबरले निर्देशक शंकर घिमिरे पनि खुशीले गदगद भएका छन् । हर्षका स्वरमा उनले भने, 'फष्टटाईम बाउ बन्ने खबरले कता कता छुट्टै प्रकृतिको अनूभूति हुदोरहेछ ।' ऋचाले छोरी प्रतिको चाहाँ ब्यक्त गरे पनि शंकरले सन्तान यो नै हुनुपर्छ भन्ने मान्यतामा आफू नरहेको बताए ।