एक पन्थ दुई काज भनें झै बिशेषगरी नायिकाहरू साँस्कृतिक कार्यक्रमका लागि बिदेश जान्छन् र एउटा न एउटा म्युजिक भिडियोमा अभिनय गरेर फर्कन्छन् । हट एण्ड सेक्सी नायिका शुष्मा कार्कीले पनि यहि क्रमलाई निरन्तरता दिएकी छिन् ।
अंग्रेजी नयाँ बर्षको उपलक्ष्यमा आयोजना भएको न्यू ईयर बिशेष कार्यक्रममा भाग लिन गत बुधबार कतार प्रस्थान गरेकी शुष्माले राजेश पायल राईको एल्बम 'राई इज कीङ' मा रहेको 'रित्ति सके खुसी मेरा' बोलको गीतमा अभिनय गरिन् । दोहा कतारको रमणिय स्थानहरूमा छायाँकन गरिएको उक्त म्युजिक भिडियोमा थुप्रै नायिकाहरूसँग म्युजिक भिडियोमा अनुभव बटुलेका मोडल बिएस राणा र भानु शर्माको साथमा सैलेन्द्र कठायतले अभिनय गरेका छन् । भिडियोलाई भविन्द्र तामाङ र उद्दव राईले संयुक्त रूपमा निर्देशन गरे ।
नायक सुमन सिंह, गायक स्वरूपराज आचार्य, बद्री पंगेनी, गायिका जुनु रिजाल, हाँस्यकलाकार धुर्मुस सुन्तली लगायतका कलाकारको साथ कतार पुगेकी शुष्माले बिदेशमा म्युजिक भिडियोमा अभिनय गर्दा छुट्टै मज्जा आएको बताईन् । मोडल भानु शर्माका अनुसार शुष्मा काम गर्न निकै सजिलो कलाकार हुन् । फ्रेण्ड्ली वातावरणमा काम गर्दा निकै मज्जा आएको उनको भनाई छ ।
यसअघि नायिका नन्दिता केसी, युना उप्रेती, सोभिता सिंखडा लगायतका नायिकाहरू कतारको मरूभुमिमा रमाईसकेका छन् ।