मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र नगरीमा संकटकालको हल्ला !

फिल्मीखबर, काठमाण्डौ, 2012/01/02

संकटकाल भन्ने शब्द सुन्ने बित्तिकै सबैको मनमा डर पैदा हुनु स्वाभाविक नै हो किनकी देशमा धेरै पटक संकटकाल घोषणा भएका छन् र जनता त्रशित भईसकेका छन् । यहि संकटकाल शब्द अहिले चलचित्र नगरीमा छ्याप्छ्याप्ती सुनिन थालेको छ ।

 

सबैले थाहा पाएको कुरा हो चलचित्र क्षेत्र दिनप्रतिदिन धरासायी बन्दै गएको छ । जति चलचित्र प्रदर्शनमा आएका छन् ति सबैका निर्माताहरूले टाउको समात्नुको विकल्प छैन । चलचित्रको व्यापार खस्कदैं गएको अवस्थामा निर्माणमा पनि कमि देखिन थालेको छ । निर्माण सम्पन्न भएका चलचित्रहरूलाई सम्बन्धित निर्माताहरू रिलिज गर्न डराई रहेको अवस्था छ । हरेक दिन उधोगले लाखौं घाटा बेहोरी रहनु परेको तितो यथार्थ हामीसँग छ ।

 

यसरी उधोग दिनप्रतिदिन धरासायी बन्दै गएपछि चलचित्रसंग सम्बन्धित संघसंस्था र चलचित्रकर्मीहरू सोच मग्न अवस्थामा पुगेका छन् । यो घडीमा हरेक व्यक्तिले एक पटक चलचित्र उधोगको भविष्य कस्तो होला भनि अनुमान मात्र लगाई रहेका छन् तर ठोस कदम केहि चल्न सकेको छैन । यिनै समस्याहरूबाट आजित भएका चलचित्रकर्मीहरूले अहिले चलचित्र नगरीमा संकटकाल लाग्ने हल्ला चलाई रहेका छन् ।

 

आज दिन भरी रतजपटमा अब छिट्टै नै चलचित्र क्षेत्रमा संकटकाल लाग्दैछ भन्ने हल्ला व्यापक रूपमा चल्यो । यस्तो हल्ला चल्न थाले पछि कति चलचित्रकर्मीले एकपटक संकटकाल लाग्नु पर्ने धारणा राखे भने कतिले संकटकाल भन्ने शब्द निकै भयंकर भएकाले यस्तो हुनु हुँदैन भन्ने धारणा राखे । यहि चलचित्रको समस्याको साथमा संकटकाल बारे भोली मंगलबार चलचित्र विकास बोर्डमा ठूलै छलफल हुँदैछ ।

 

चलचित्र विकास वोर्डका अध्यक्ष गणेश भण्डारीले चलचित्रसंग सम्बन्धित सम्पूर्ण संघसंस्थाहरूसँग भोली छलफल गर्ने कार्यक्रम रहेको बताए । संकटकालका बारेमा हल्ला चलिरहेको सुनेका भण्डारीले भने, 'भोलीको छलफलले केहि ठोस निर्णय लिनेछ ।' चलचित्र क्षेत्र डर लाग्दो अवस्थामा पुगेको बताउंदै भण्डारीले थपे, 'यस्तै अवस्था हुनेहो र हामीले ठोस कदम नचाल्ने हो भने छिट्टै नै चलचित्र क्षेत्र आँफै संकटकालको अवस्थामा पुग्नेछ ।' संकटकालको अवस्था आउन नदिन बोर्ड मात्र हैन हरेक संघसंस्थाले ध्यान दिएर काम गर्नेमा भण्डारी बिश्वस्त रहेको बताउँछन् ।