मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रिमियरमा दुधको दुध पानीको पानी भएर खुल्ने छ अधिकारीले बोलेका कुरा

फिल्मीखबर , काठमाडौ, 2012/01/03

एक बर्ष अघि रेड स्टूडियोको स्थापना र चलचित्र काठमाण्डूको अडियो लन्च समारोहमा निर्देशक आकाश अधिकारीले  आफ्नी फिल्मकी अभिनेत्री तर्फ लछित गर्दै भनेका थिए, 'स्पेसल्ली थ्याकंस फर माई गर्लफ्रेण्ड संयूक्ता' र त्यो भने लगत्तै नै उनले टाउको हात राख्दै 'ए मेरो फिल्म भित्रकी गर्लफ्रेण्ड' भनेर  कुरा सच्याएका थिए ।



रिलिज डेट ढिला भएपछी अडियो लन्चको ठीक एक बर्ष पश्चात काठमाण्डू रिलिज हुदैछ । आउदो माघ तेस्रो साताका लागि रिलिज तयारी उक्त सिनेमा भित्र संयूक्ता राणा र आकाश देवर भाउजूको भूमिकामा रहेको बुझिएको  छ । तर आकाशले एक बर्ष अघि भनेको उक्त कुरा अब दुधको दुध पानीको पानी भएर बाहिर आउने दिन नजिकिदै छ ।  किनकी ग्रयाण्ड प्रिमियरमा आकाशले भनेका कुरा कति सत्य हुन भनेर सवैले थाहा पाउने छन् ।

 

'धनी गरिव सवैको रहर भो काठमाण्डू..' को कथामा आधारित उक्त सिनेमा जेनेरेशन ग्यापको बिषयमा आधारित छ । चलचित्र विकास बोर्डबाट विशेष सिनेमाको ट्याग प्राप्त सिनेमाको उच्च प्रविधिको रिजल्ट कस्तो होला भन्ने पनि अहिले पर्खाई र चासोको बिषय बनेको छ । नेपालमा रेड सिने फोर के क्यामेराले पहिलो पटक खिचिएको उक्त सिनेमाको प्रोजेक्सन सफल भएमा रेडको प्रयोग बढ्ने छ । यध्यपी काठमाण्डूको रिजल्ट बिना नै म तिम्रो भईसकें, के म तिम्रो साथी बन्न सक्छु र बडिगार्डको छायाकंन  गरिसकिएको छ ।



रिलिज मिति नजिकिएपछी निर्देशक अधिकारी अहिले फिल्म पब्लिीसीटीमा ब्यस्त छन् । यध्यपी यो पब्लिसिटीसंगै विभिन्न कलेजका विद्यार्थीहरुलाई सहभागीता गराएर काठमाण्डूको नयाँ कथा खोज्ने काम पनि जारी छ । उनलाई श्रीमती क्लाउडियाले पब्लिसिटी पोष्टर डिजाईनिङ कन्सेप्टमा साथ दिईरहेकी छिन् । अमेरिकामा समेत छायाकंन भएको उक्त सिनेमा नेपाली फिल्म मेकरहरुको बिचमा प्रतिक्षारत सिनेमाको लिष्टमा पर्दछ । 

 

 

KATHMANDU song