द गेमको रिलिज छेको लक्षित गर्दै मुम्बईबाट काठमाण्डू आएकी अभिनेत्री निरुता सिंह सुटुक्क मुम्बई फर्किएकी छिन् । प्रस्ताव आए केही फिल्म समेत खेल्ने मनशाय ब्यक्त गरेकी निरुता गत बुधबार खाली हात मुम्बई फर्किएको बुझिएको छ ।
द गेमको पूर्वाचल प्रोमोशनमा समेत गएकी उनी धरानबाट काठमाण्डू फर्किए लगत्तै मुम्बई फर्किएकी हुन् । बुझिए अनुसार माईग्रेनको थप उपाचारका लागि निरुता मुम्बईका अस्पतालमा थप उपचार गराउने छिन् र नेपाली सिनेमामा सकि्रयता बढाउने छिन् । डेढ बर्ष मुम्बई गायव भएपछी यो दुई महिनाको अन्तरालमा द गेम सहित उनी अभिनित तीन चलचित्र फर्कि आऊ, मलाई मन पर् यो रिलिज भए । जस अनुरुप द गेमका लागि काठमाण्डू आए लगत्तै मिडियाको घेराउमा पर्दा उनलाई अन्र्तवार्ता दिन समेत भ्याईनभ्याई भएको थियो ।
यस्तै निरुतालाई प्रमोशनमा काठमाण्डू ल्याउन सफल निर्देशक रक्षा सिंह राणाले निरुताले प्रोमोशनमा साथ दिदा फिल्म रिलिजमा सहज भएको भन्दै उनी यति छिटो किन मुम्बई फर्किएकी हुन् भन्ने कुरा आफूले यकिनका साथ भन्न नसकिने बताईन् । द गेम अझै पनि राधाजनीका पाँच वटा सिनेमा हलमा प्रदर्शनरत छ भने राजधानी बाहिरको ब्यापार उत्साहजनक रहेको बताईएको छ ।
विभिन्न वितरकको भनाईलाई उदि्रत गर्दै निर्देशक राणाले भनिन्, 'कसले चोर्यो मेरो मन' पछी राम्रो कलेक्सन गर्ने फिल्म द गेम हो ।' यस्तै यो संक्रमणकालिन अवस्थामा नाफा भन्दा पनि आफ्नो फिल्मबाट प्रोड्यूसर सेभ भएको भन्दै रक्षाले खुशी मुद्रामा भनिन्, 'रिलिजको एक दुई दिन त डर लागिरहेको थियो तर विस्तारैको पिकअपले अहिले ढुक्क छु । त्यसैले आउदो बैशाखमा नयाँ फिल्मको घोषणा पनि गर्दैछु ।'