मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सिनेमा संकटकालको बिषयमा एक साताभित्र ठोस निर्णय हुने

फिल्मीखबर, काठमाण्डौ, 2012/01/03

खस्कदै गईरहेको सिनेमा ब्यापारको बिषयलाई मध्यनजर गर्दै चलचित्र बिकास बोर्डले घोषणा गर्न लागेको सिनेमा संकटको बिषय एक सातापछी मात्र टुगो लाग्ने भएको छ । 

 
संकटकालका  विषयमा बोर्डले मंगलबार बृहत छलफल गर्दै मिडिया र चलचित्रकर्मीबाट सुझाव संकलन सहित आगामी एक साता भित्र चलचित्र संग सबन्धीत २१ संघ संस्थासंगको छलफल र उक्त छलफलबाट निस्कने निर्णयलाई आत्मसाथ गर्दै दिर्घकालिन निर्णय  गर्ने जनाएको छ । 'संकटकाल नै हैन तर सिनेमाको खस्कदो ब्यापारलाई मध्यनजर गर्दे संक्रमणकालिन अवस्थाबाट बाहिर ल्याउन सर्वपक्ष छलफल पश्चात एक साताभित्र कुनै निर्णय गरिन्छ', बोर्ड अध्यक्ष गणेश भण्डारीले भने । 
 
चौतर्फी सुझाव संकलन र प्रतिबद्धता सहित बोर्डले सर्वप्रथम  हल बर्गिकरणलाई कडाईका साथ अगाडी बढाउने बताएको छ । कार्यक्रममा निर्माता केशव भट्टराई , प्रदीप उदय, आकाश अधिकारी,  रोज राणा, कलाकार सुशिल पोखरेल लगायत मिडियाका प्रनिनिधिले जर्जर रहेको  नेपाली सिनेमाको बर्तमान अवस्थाको बारेमा बुदागत सुझाव दिएका थिए । सहभागी मध्ये अधिकाशंले सर्वप्रथम सिनेमा बर्गिकरणमा जोड दिएका थिए भने केहीले उद्योगको उत्थानका निम्ति अर्न्तराष्ट्रिय बजार खोजी माग गरेका थिए ।
 
पछिल्लो समय निरन्तर फिल्म बनाईरहेका रोज राणाले प्रस्तुत गरेको विभिन्न बुदामा तालीको बजेको  थियो । राणाले ग्रेड अनुसार चलचित्रकर्मीले सिनेमा छनौट गरेर खेल्नुपर्ने, लामो समय देखि  विश्वज्योति हलले क्वालीटि अपग्रेड नगरेकाले ताला लगाउनुपर्ने, एउटै ब्यक्तिले सिनेमासंग सम्बन्धीत दुई पोष्ट सम्हाल्न नपाउनु पर्ने, मिडियाबाट पिडित निर्मातालाई पब्लिसीटी प्रोमोको क्राईटएरिया तोक्नु पर्ने तथा हिन्दी सिनेमा रिलिजमा कर्डाईका साथ अनुगमन र सिमित प्रदर्शन गर्ने  कुरामा जोड दिएका थिए ।  
 
यस्तै निर्माता समेत रहेका आकाश अधिकारीले सिनेमा बजारलाई अर्न्तराष्ट्रि करण गर्न अनलाईन प्रिमियर, मौलिक कथा बस्तु र हरेक दश बर्षमा बदलिने जेनेरेशनको मागको आधारमा सिनेमा मेकिङलाई बोर्डले प्रोत्साहन गर्नुपर्ने सुझाव दिए ।
 
 
त्यस्तै निर्माता केशव भट्टराईले प्रोडक्सनलाई नियन्त्रण गर्न सिनेमा दर्ताको समयमा  निर्माताले अनिवार्य रूपमा पाँच लाख धरौटी रमक अनिवार्य राख्नु पर्ने र उक्त धरौटी सेन्सर पश्चात सम्पूर्ण  कलाकार र टेक्निसियनको पारिश्रमिकको  क्लिन चिटको विवरण सहित उक्त रकम फिर्ता दिने नियम लागू गर्नुपर्ने सुझाव दिए ।  तर उनको कुरालाई रोज राणा र उदय सुब्बाले विरोध गरेका थिए । 
 
 
त्यस्तै निर्माता भट्टराईको ५ लाख धरौटीको कुरालाई बोर्डले एक साता पछीको निर्णय लागू भएमा आवश्यक नरहेको भनी प्रतिक्रिया दिएको छ । छलफलमा कलाकार सुशिल पोखरेलले सिनेमाको बारेमा विद्यालय शिक्षाको कार्यक्रम पाठ्यक्रममा राख्नुपर्ने धारणा ब्यक्त गरे । त्यस्तै निर्देशक घनश्याम खतिवाडाले बार्षिक  फिल्म निर्माणको तालिका बार्डले बनाउनुपर्ने तथा  नयाँ निर्मातालाई पन्ध्र  दिने सिनेमा तालिम दिनुपर्ने धारणा ब्यक्त गरेका थिए ।
 
हलको बारेमा गुनासो बढेपछी चलचित्र संघका उपाध्यक्ष  समेत रहेका निर्माता प्रदीप उदयले रोग एउटा औषधी अर्को गर्न खोजिएको प्रति अपत्ती जनाउदै अर्न्तराष्ट्रिय बजारको खोजी बिना यो संकटबाट बाहिर आउन नसकिने  बताए । उदयले हलवालालाई मात्र आरोप लगाएकाले सिनेमा नचल्नुमा सवैले गल्ती स्वीकार्रर्नु पर्ने बताए ।
 
यस्तै निर्देशक शिवजी लामिछानेले खस्कदो चलचित्रको बजारलाई केही समय नियन्त्रणमा लिन प्रदर्शन, वितरण र सिनेमा संग सम्बन्धी संघसंस्थाको पावर केन्द्रीकृत  गर्न बोर्ड अग्रसर हुनु पर्ने बताए । तर उनको भनाईलाई निर्माता केशव भट्टर्राईले आक्रोसको शैलीमा प्रतिवाद गरेका थिए । छलफलमा निर्माता शरद अधिकारी, माधव वाग्ले, द्धन्द निर्देशक योगन्द श्रेष्ठ तथा अग्रज सिनेकर्मी किशोर ढकालले पनि सिनेमा उद्योगको विद्यमन समस्यालाई औलाउदै सुधारका निम्ति विभिन्न सुझाव दिएका थिए ।
 
 
झण्डै चार घण्टा चलेको बहसमा तत्काल बक्स अफिसको स्थापना र सेन्सर बोर्डमा चलचित्रसग जानकार ब्यक्ति नियुक्त गरिनु पर्ने जोड दिईएको थियो । चौतर्फी छलफल पश्चात बोर्डले नयाँ योजना सहित तुरून्त लागु हुनेगरी  अल्पकालिन योजना, दिर्घकालिन  र रणनीतिक योजना सार्वजनिक गर्ने जनाएको  छ ।