टिष्टा या काँगडा नेपाल भनिदेऊ, नेपाल र नेपालीलाई बिर्स नभनिदेऊ नारा साथ लिम्बुवान फिल्मस् प्रोडक्सन प्रालिको ब्यानरमा चलचित्र 'बिर्स नभनि देऊ' को छायाँकन सुरु भएको छ ।
युवायुवतीको कलेज जीवन र देशप्रेमको कथामा बन्न लागेको चलचित्र 'बिर्स नभनि देऊ' को धरान, इटहरी, दमक लगायत पुर्वका विभिन्न ठाउँ र काठमाण्डौमा छायाँकन गरिने बताइएको छ । किशोर सुब्बाको निर्देशन रहने चलचित्रमा मित्र लिङ्देन, कविता लिम्बु, सानुवाबु सुब्बा, वविता फोम्बो, विशाल खम्बु लगायतको मुख्य भुमिका रहनेछ भने नीर शाह, राजेश हमाल, रेखा थापा, सिमान्त उदास, पुष्प श्रेष्ठ, किशोर सम्बाहाङफेले समेत अभिनय गर्ने छन् ।
चलचित्रमा भिसी रामबहादुर लिम्बु (बेघा) ले पनि अभिनय गर्ने बताइएको छ । चलचित्रको निर्माता आकृति लिम्बु र कार्यकारी निर्माता प्रेम चोङवाङ, मच्छिन्द्र चोङवाङ र गीता खम्बु रहेका छन् । चलचित्रको छायाँकन एक महिनामा सम्पन्न गर्ने बताइएको छ । चलचित्रमा दिनेश सुब्बा, सानुबाबु सुब्बा, कुल्बा सुब्बा र अबोध पाठकले संगीत दिनेछन् भने उन्छोन चेम्जोङको द्वन्द रहने छ ।