चलचित्र बिकास बोर्डमा गणेश भण्डारीको नेतृत्वमा रहेका तीन सदस्य मौसमी मल्ल, बिजय बस्नेत र उदय सुब्बालाई हटाउदै सञ्चारमन्त्री जेपी गुप्ताले उक्त स्थानमा निर्देशक विकास आचार्य र गायक राम मण्डलाई न्यूक्त गरेका छन् ।
अध्यछका लागि सिफारिस भएपनि सरकार सम्हालेको पार्टी माओवादीबाट दवाव बढेपछी मन्त्री गुप्ताले आचार्य र मण्डलाई सदस्यमा नियूक्त गरेका हुन । मण्डल र आचार्यले बिहिबार साढे एघार बजे मन्त्रालय पुगी नियूक्त पत्र समेत बुझेका छन् । यस्तै सदस्यको पत्र बुझे लगत्तै निर्देशक आचार्यले पाएको जिम्मेबारीले सिनेमा क्षेत्रको हितमा काम गर्ने बताए । तर मन्त्रीले आफ्ना सहकर्मीलाई हटाएर आफूलाई उक्त स्थानमा नियूक्त गर्दा केही नरमाईलो लागेको भन्दै यस बिषयलाई ठूलो रूपमा नहेर्न उनको आग्रह छ । आचार्य आजै अपरान्ह २ बजे बिकास बोर्ड पुगी पहिलो हाजिर गर्दैछन् । नव नियूक्त दुई सदस्य आचार्य र मण्डल विराटनगरका रैथाने हुन ।
यस्तै बोर्डमा तीन सदस्य निलम्बनसंगै रिक्त एक स्थानमा निर्माता संघबाट एक सदस्य चुनीने बोर्डका सदस्य हुनेछन् । बुझिएअनुसार निर्माता केशव भट्टराई र जयप्रकाश प्रसाद रिजाल मध्ये एकलाई संघले सदस्यका लागि सिफारिस गर्ने सम्भावना प्रबल छ ।
यस्तै यहि बिषयमा निर्माता संघका अध्यक्ष राजकुमार राईले संघको कार्यसमितको निर्णयबाट मात्र को ब्यक्तिलाई बोर्डमा पर्ठाईने भन्ने बारेमा टुङ्गो लाग्ने हुदा अहिले नै यो नै हुन सक्छ भन्न नसकिने बताए । उनले भने, 'मन्त्रीबाट भएको यो निर्णय स्वागत योग्छ त्यसैले पत्र आउनासाथ बैठक बसी संघबाट एक जना प्रतिनिधी पर्ठाईने छ ।'
संघले एक महिना अघि सञ्चारमन्त्रालय पुगी आगामी दिनमा बोर्ड पुनर्गठन हुदा निर्माता संघबाट एक जना अनिवार्य प्रतिनिधि सहित चलचित्र बुझेका ब्यक्ति बोर्डमा नियूक्त गर्न मन्त्रीलाई आग्रह गरेको थियो ।