मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दुलही रानीले फुर्सद पाईन्

फिल्मीखबर, काठमाण्डौ, 2012/01/07

अन्तत: विभिन्न लफडाको बाबजुत 'दुलही रानी' ले आजबाट फुर्सद पाएकी छिन् । ४७ दिनको लामो छायाकंन पश्चात हिरोइन् रागिनी खड्गीले आज बेलुकीबाट लामो स्वाश फेर्ने  मौका पाएकी हुन्

 

सुदुर पश्चिमका विभिन्न रमणीय स्थल हुदै भारतको नैनी ताल, नानक सागर, दिल्ली गेट तथा मेट्रो ट्रेन हुदै काठमाण्डू आएर दुलही रानीको प्याकअप भएको छ । 'बल्ल सकियो सुटिङ धेरै समय लाग्यो यस पालि', २४ औ फिल्मको रूपमा निर्देशन गरिरहेका शोभित बस्नेतले भने । दुलही रानीको  इन्डक्ल्याप शनिबार बेलुकी  त्रिपुरेश्वर स्थित वर्ल्डट्रेड सेन्टरमा गरिएको हो ।

 

आउदो चैतको १७ गतेका लागि रिलिज डेट तोकिएको उक्त चलचित्रको प्रोष्टप्रोडक्सनको काम एक दुई दिनमै सुरू गरिने शोभितले बताए । यध्यपी एक साता भित्र अर्को चलचित्र निर्देशनका लागि समेत उनी फ्लोरमा जाने कुरा भैरहेकाले उक्त चलचित्रको सुटिङ र दुलही रानीको प्रोष्टप्रोडक्सनलाई कसरी अगाडी बढाउने भन्ने कुराले तनाव भैरहेको शोभितको भनाइ छ । शोभितका अनुसार निर्देशक विना अड्किएको एक चलचित्रलाई उनले आउदो साता भित्र निर्देशन गर्ने वा नगर्ने भन्ने टुङ्गो लाग्ने  छ ।  

 

नेपाली राजनीतिका केपी ओली जस्ता उनी सिनेमा राजनीतिका निकै चलाख ब्यक्तिको रूपमा गनिन्छन् ।  त्यसैले एउटै सेडुलमा उनी तीनवटा सम्म काम गर्न भ्याउछन् । दुलही रानीको सुटिङको सुरूवातमा हिरोइन रागिनी खड्गीलाई सुदुर पश्चिममै अड्काउदा 'मेरो जिवन साथी' को यूनिटसंग ठूलो विवाद हुदा समेत उनी डगमगाएनन् ।

 

आजबाट मूक्त भएकी रागीनीकै कारण अबरूद्ध बनेको 'मेरो जिवन साथी' को सुटिङ केही दिनमा पुनः हुदै छ । त्यसैले दुलही रानी रागीनीले केही दिनको विश्राम पश्चात जिवन साथीको क्यामेरा फेस गर्दैछिन् ।