मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सदस्यका लागि निर्माता संघमा हानाथाप

फिल्मीखबर, काठमाण्डौ, 2012/01/08

 चलचित्र बिकास बोर्ड पुनर्गठन भए लगत्तै निर्माताहरूको तर्फबाट एक ब्यक्ति सदस्यमा को पठाउने भन्ने बिषयले अहिले निर्माता संघमा ठूलो हानाथाप र विवाद भैरहेको छ । 

 
शनिबार नखुल्ने संघको कार्यालयमा हिजो करिब तीन घण्टा बसेको बैठकले  बोर्ड सदस्यका लागि एउटा नाममा सहमती गर्न सकेन । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार निलम्बनमा परेकी मौसमी मल्लले पुनः सदस्यमा जाने इच्छा देखाएपछी उक्त  बिषयले थप विवाद पैदा गरिदिएको  हो । यस्तै अध्यक्ष राजकुमार राईले पनि मौसमी वा उदय सुब्बालाई पुनः बोर्डमा पठाउने तर्क अघि सारेपछी अन्य सदस्यले अध्यक्षको प्रस्तावमाथि आपत्ती जनाएको बुझिएको छ ।
 
मौसमी, उदय र बिजय बस्नेतलाई केही दिन अघि सञ्चारमन्त्री जेपी गुप्ताले हटाउदै उक्त स्थानमा विकास आचार्य र रामा मण्डललाई नियूक्त गरेका थिए । यस्तै रिक्त तीन मध्ये संघबाट बाकी रहेको एक पदका लागि केशव भट्टराई, जयप्रकाश प्रसाद रिजाल र निलहरी काफ्लेको नाम अगाडी आईरहेको छ । एक पदका लागि हानाथाप बढेपछी सिमित सदस्यहरूको उपस्थितिमा संघको बैठक आईतबार बिहान पनि बस्दै छ ।  बैठकमा निर्वतमान अध्यक्ष अशोक शर्मा, सुनिल मानन्धर तथा सिनेमा राजनीतिमा पोख्त केही निर्माताहरूको आपसी सहमतिमा कसलाई बोर्ड सदस्य बनाउने भन्ने बिषयले टुङ्गो पाउने छ । 
 
यध्यपी केही सदस्यहरूले सिनेमाको हितको लागि केशव भट्टराईको योगदान रहेको तर्क अघि सारेकाले उनी बोर्ड सदस्यमा नियूक्त हुने प्रबल सम्भावना पनि रहेको छ । भट्टराई  नभए जयप्रकाश र निलहरी मध्ये एकलाई संघले प्रतिनिधीको रूपमा बोर्ड सदस्यका लागि पठाउने   छ।