मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्माता संघ फुट्ने सम्भावना

फिल्मीखबर, काठमाण्डौ, 2012/01/08

चलचित्र बिकास बोर्डका लागि निर्माता संघको तर्फबाट एक सदस्य चुन्ने प्रक्रियामा सहमति नहुदा संघमा विवाद चुलिएको  छ  । शनिबार तीन घण्टा सम्म बसेको बैठकले सदस्य चुन्न असफल भएपछी आईतबारका लागि डाकिएको बैठक समेत अनिश्चितकालका लागि स्थगित भएको छ  । 

 
शनिबारको बैठकमा कतिपय सदस्यले राजनीतिक प्यानलबाट सदस्य पठाउन अध्यक्ष राजकुमार राईलाई दवाव दिएकाले विवाद बढ्दा केही सदस्यले अर्को निर्माता संघ खोल्ने चेतावनी दिएका छन् ।  खबर अनुसार महिना दिन अघिको मन्त्री डेलिगेसनमा जादा संघले आगामी दिनमा बिकास बोर्ड पुनगर्ठन हुदा निर्माता संघको तर्फबाट  एक ब्यक्ति अनिवार्य नियूक्त हुनुपर्ने प्रस्ताव प्रति  मौसमी मल्ल र उदय सुब्बाले आपत्ती  जनाए पछी विवाद चर्किएको हो ।
 
निर्माता संघका एक सदस्यले दिएको जानकारी अनुसार मौसमी र उदयले संघको सदस्य आफूहरू नभएको भए उक्त प्रस्ताव मन्त्री समक्ष राख्दा बेस हुने तर निर्माता संघको  सदस्य भएको थाहा हुँदा हुँदै मन्त्रीलाई त्यस्तो प्रस्ताव गरिनु आपत्ती जनक रहेको भनि उनीहरले आक्रोस ब्यक्त गरेका छन् । 
 
 
कांग्रेस निकट अधिकांश सदस्य रहेको निर्माता संघमा कांग्रेसकै तर्फबाट एक ब्यक्ति बिकास बोर्डको सदस्यको लागि पर्ठाईने तयारी भैरहेको छ । जस अर्न्तगत कांग्रेस निकट जयप्रकाश प्रसाद रिजाल तथा निलहरी काफ्लेको नाम अग्रस्थानमा छ । यध्यपी सिनेमा योगदानमा खटिएको हिसावले केशव भट्टराईको  नाम पनि प्राथमिकतामा परेको छ ।  सदस्य चुन्ने प्रक्रियामा संघले अध्यक्ष बाहेक सहमतिको आधारमा एक प्रतिनिधी बोर्डमा पठाउने जानकारी दिए पनि शनिबारको बैठकमा विवाद बढ्दा  संघ भित्र दुई प्यानल खडा हुने स्थिती आएको हो । 
 
 
यस्तै हाल सम्म कुनै पनि फिल्म नबनाएका आरोप खेपीरहेका निलहरी काफ्लेको नाम बोर्ड सदस्यका लागि प्रस्तावित भएपछी यो कुरामा पनि अधिकाशं निर्माताहरूको असन्तुष्टी रहेको छ । स्मरण रहोस् चलचित्र 'खग्रास' को निर्माताको रूपमा निलहरी काफ्लेकै नाम रहेको छ ।