मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मनीषा कोइराला डिभोर्सको तयारीमा !

फिल्मीखबर, काठमाण्डौ, 2012/01/08

ब्यापारी सम्राट दाहालसंग विबाह भएको ६ महिना पश्चात नै डिभोर्स हल्लामा परेकी अभिनेत्री मनिषा कोइरालाले अन्तत: डिभोर्सको मुडलाई कानुनी रूप दिने भएकी छिन् । 

 
एक महिना यता मुम्बईमा रहेकी उनले आफ्नै फ्ल्याटमा  आयोजना  गरेको  जमघट कार्यक्रममा साथीहरूमाझ उक्त कुरा बताएको भारतीय अनलाईन टाईम्स अफ  इन्डियाले जनाएको छ । यस्तै प्रकाशित समाचार अनुसार मुम्बईमा पुन : सेटल भएर रहने मुडमा मनिषा पुगेकाले  उनले आफ्नो बैबाहिक सम्बन्धलाई  अदालती रूपबाट अन्त्य गर्न लागेकी हुन्
 
अनलाईनका अनुसार मनीषा अब बलिउडमा कमब्याक गर्ने सोचाईमा पनि छिन् । तर उनको सोचाईलाई बलिउड फिल्म मेकरहरुले कसरी बुझ्ने हुन् त्यो भने निकट भबिष्यमा नै थाहा हुने छ । सन्तानको बिषयमा सानो विवाद उत्पन्न हुदा उब्जिएको  मनमुटावले मनीषाले डिभोर्सको मुड बनाएको उनी निकट विभिन्न स्रोतहरूको भनाई छ ।
 
हेरौं मनीषाको यो डिभोर्सको खबर साच्चिकै हो वा सुस्ताएको आफ्नो चर्चालाई उनले पुनः ब्यूताउने प्रयास स्वरूप डिभोर्स फण्डा झिकेकी हुन् त्यो भने आगामी दिनमा थाहा हुने नै  छ  तर त्यतिन्जेल सम्मका लागि फेरी ब्यूतिएको मनीषाको डिभोर्स खबरको बिषयमा तपाईको विचार के छ ? प्रतिक्रिया जनाउनु होला !