मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बनाना किङको चलचित्र मोह

फिल्मीखबर, काठमाण्डौ, 2012/01/09

नेपाली चलचित्रमा एनआरएनहरूको सक्रियता दिन प्रतिदिन बढ्दो रूपमा रहेको छ । कोही निर्माताको रूपमा सक्रिय हुँदैछन् त कोही निर्देशक अनि कोही कलाकार । यहि भिडमा कलाकार बनेर देखिन लागेका नयाँ अनुहार मध्येका एक धिरेन्द्रराज थापा पनि एक हुन् ।

 

बिगत २३ बर्ष देखि अष्ट्रेलियामा बस्दै आएका धिरेन्द्र छायाँकनमा रहेको चलचित्र 'थ्री लभर्स' मार्फत कलाकारको रूपमा प्रस्तुत हुँदैछन् । सानै देखि अभिनयमा रूचि राख्ने यि नवकलाकारले यसअघि आधा दर्जन म्युजिक भिडियोमा मोडलिङ गरिसकेका छन् भने ३ वटा म्युजिक भिडियोको निर्देशन समेत गरिसकेका छन् । ठूलो पर्दाको चलचित्रमा आउन केहि समय लगाएका धिरेन्द्रले कथा र पात्र आफूलाई सुहाउँदो भएकाले 'थ्री लभर्स' मा अभिनय गर्न नेपाल आएको बताए ।

 

हाल अष्ट्रेलियाको ब्रिसबेनमा रहेर केरा व्यापार गरिरहेका बनाना किङको नामले चिनिने धिरेन्द्रले अभिनय भने सानै छँदा देखि गरेको बताए । उनले भने, 'स्कुल पढ्दा उगेन छोपेलले निर्देशन गरेका केहि नाटकमा मैले अभिनय गरेको छु ।' श्रीमती रमिला अधिकारीको साथ र सहयोगले कला क्षेत्रमा लाग्न सहज भएको बताउने धिरेन्द्रले नेपाली चलचित्रलाई मनै देखि माया गरेको बिगता दिनमा उनले गरेका कामले पुष्टि पनि गरिदिएको छ ।

 

यि नै व्यक्ति हुन् जस्ले 'नाई नभन्नु ल' लाई अष्ट्रेलियामा सफलताका साथ प्रिमियर गरिदिए । त्यसपछि उनले बोक्सी, ग्रेटर नेपाल, हाँसि देउ एक फेर, कस्ले चोर्‍यो मेरो मन जस्ता चलचित्रको प्रिमियर पनि गरे । त्यति मात्र हैन उनले अष्ट्रेलियामा नेपाली कलाकारहरूलाई बोलाएर सांस्कृतिक कार्यक्रम पनि गर्दै आईरहेका छन् ।

 

केहि बर्ष अभिनयलाई अगाडी बढाउने त त्यसपछि चलचित्र निर्माणमा पनि हात हाल्ने सोच बनाएका धिरेन्द्रले कलाकारहरूको संगतले चलचित्रलाई नजिकबाट बुझ्न सहज बनाएको बताउँछन् । अहिलेको अवस्थामा केहि चलचित्रकर्मीले एनआरएनहरूलाई तर्साएर भगाउने काम गरेकाले त्यसो नगरीदिन ध्रेन्द्रधिरेन्द्र बिनम्र अनुरोध गर्दछन् । उनी भन्छन्, 'एउटा एनआरएन सफल हुनु भएको चलचित्रको विकासमा एउटा सफलताको ईटा थपिनु हो । त्यसले एनआएरएन निर्माताहरूलाई मुर्गा बनाउन छाड्नु पर्छ ।' यदि एनआरएनहरूलाई मुर्गा बनाउदै जाने हो भने नेपाली चलचित्रको ग्लोबल मार्केटिङ सम्भव नहुने उनको तर्क छ ।