मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हिम्मतिली अरूणिमा

फिल्मीखबर, काठमाण्डौ, 2012/01/09

नेपाली चलचित्र उधोगकी सवैभन्दा बहादुर र हिम्मतिली आमा भनेर अरूणिमा लम्सालको नाम लिंदा पक्कै कसैको मन नदुख्ला । अरूणिमाले दुई महिनाकी आफ्नी पुतलीलाई घरमै छाडी फिल्मीजमघटमा उपस्थित भएर  हिम्मत देखाईन् त्यो  पनि घण्टौसम्म ।
 

सोमबार चलचित्र बजारको प्रिमियर शोमा उनले सानी अरूणिमालाई श्रीमानको काखमा सुताउदै जयनेपाल हल टेकिन् । आमा बन्दा समेत ज्वली देखिएकी उनी निकै हँसिली र फुर्तिली देखिएकी थिईन् । उनी पाँच बजे देखि बेलुकी साढे नौ बजे सम्म आफ्नी आमा कलाकार राधा लम्साल र बुवा सित प्रिमियरमा सहभागी भएकी थिईन् ।

 

नेपाली समाजका रियल हिरो भनेर चिनिने एसपी रमेश खरेल, सभासद गगन थापा लगायतका केही विद्यार्थी नेताको संयूक्त उपस्थितिमा अरूणिमाले उक्त फिल्मको अडियो सिडि पनि  प्रिमियर समारोहमा सार्वजनिक गरीन् । सुत्केरी अवस्थामा रहे पनि उनको चुलबुले  कृयाकलापबाट  मिडिया र चलचित्रकर्मी समेत  अचम्ममा परेका थिए । 'आज सवै जनालाई भेटिरहेको छु एकदमै खुशी लागिरहेको छ', सुत्केरी पश्चात पहिलो फिल्मीजमघटमा भेटिएकी अरूणिमाले फिल्मीखबरसंगको कुराकानीमा भनिन् ।   

मार्सल फिल्मसको ब्यानरमा मधु कुमार श्रेष्ठले पहिलो पटक निर्माण गरेको उक्त चलचित्रमा अरूणिमाका अलवा लिड रोलमा अर्जुन कार्की छन् भने हेमन्त बुढाथोकी, सुशिल पोखरेल, दिनेश डिसी, जयकिशन बस्नेत, नागेन्द्र रिजाल र एसपीको भूमिकामा महानायक  राजेश हमाल पनि रहेका छन् । उनी एसपी रमेश खरेलको भूमिकामा छन् ।

 

आफ्नै चरित्रलाई मिल्ने गरी  राजेश हमाललाई प्रस्तुत गरिएको प्रति एसपी खरेलले खुशी ब्यक्त गरे तर हमालले कपाल नकाटेको प्रति उनको कमेन्ट थियो । उनले भने, 'प्रहरी भूमिकामा खेलिसकेपछी राजेश हमालले आफै बुझेर कपाल काट्नु पथ्र्यो जुन अलि खल्लो छ तर पनि धेरै समयपछी सिनेमा हरें र सिनेमाको स्तर बृद्धि भएको मैले पाए ।' तर मिडियाले लामो कपालको बिषयमा प्रश्न गर्दा महानायकले अन्य चलचित्रको कन्टिन्यूटीले गर्दा कपाल लामो राख्न बाध्य भएको प्रतिक्रिया दिए ।
 

सिनेमालाई फाईट मास्टर एनवी महर्जनले डेब्यू फिल्मको रूपमा निर्देशन  गरेका हुन् । विभिन्न परिस्थितिले युवाहरूलाई कसरी डन बनाउछ र डनको अन्त्य एक दिन हुन्छ भन्ने मुख्य बिषयमा आधारित उक्त चलचित्र आउदो शुक्रबार देखि देशब्यापी रिलिज हुदैछ । सिनेमा हेर्न काग्रेस नेता शेरबहादुर देउवा समेत उपस्थित भएका थिए ।