मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एस.पी साहेबले हल्ला गर्दा

फिल्मीखबर, काठमाण्डौ, 2012/01/10

सम्भवत जीवनमा पहिलो पटक सोमबार फिल्मी जमघटमा एसपी रमेश खरेल देखा परेका हुन् । जहाँ उनले आफ्नो चरित्रलाई केही उठाएको प्रसङ्गलाई पर्दामा प्रत्यक्ष हेर्ने  मौका पाए ।
 
बजार चलचित्रको  प्रिमियरका लागि बीरगञ्जबाट काठमाण्डू आएका उनी निर्धारित समयमै सिनेमा हल पुगेका थिए र  पूरै फिल्म हेरेर मात्र बाहिरिएका थिए । तर जेन्टल एसपी साहेबको मोबाईलको घन्टी पटक पटक बज्दा प्रिमियर शोको माहोल केही बेर विग्रिएको थियो ।
 
बालकोनीको स्पेशल सिटमा बसेर पर्दामा आफ्नो चरित्रलाई हेरिरहेका रमेशलाई पटक पटकको फोनको घण्टीले डिर्स्टव मात्र गरेन प्रिमियरका अन्य पाहुनालाई समेत उनको फोन सम्बादले केही बेर डिर्स्टव गर्‍यो । हल नै गुञ्जीने गरि उनको फोन सम्बादलाई सुन्दा लाग्थ्यो कतै ढुङ्गा मुडा भए जस्तो थियो जसलाई नियन्त्रण गर्न उनले प्रिमियरको माहोलबाटै कडा आदेश दिएका थिए ।
 
करिब दुई  मिनेटको उनको फोन सम्बादले सिनेकर्मीलाई केही बेर  इरिटेड गरायो । तर बिचरा एस.पी साहेबलाई सिनेमा हेर्दा मोबाईल अफ गर्नुपर्छ  भन्ने कुराको ज्ञान नभएको हो वा जानी जानी उनले मोबाईल अफ नगरेका हुन् त्यो भने  उनी नै जानुन् तर कानुनलाई अक्षरस पालना गराउने यि खतरा एसपी साहेबले  सिनेमा हलको नियमलाई मिच्दा भने उनको बफादारिता प्रति प्रश्न उब्जाई दियो ।
 
केही बेरको फोनको घण्टी बजाई र बोलाईपछी उनलाई कसैल  इशारा गरिदियो कि क्यारे त्यसपछी भने उनको फोन सम्बाद सुनिएन ।