गत बर्षको जन्मदिनमा मनकामना मन्दिर दर्शन गर्न जादा भगवनालाई समेत उमेर नभनेकी रेजिना उप्रेतीलाई यसपटक फिल्मीखबरले प्रश्न गर्यो आजबाट तपाई कति बर्षमा टेक्नु भयो ? रेजिनाले भनिन् 'उमेर खोल्यो भने त बवार्द भैहाल्यो नि । त्यही पनि तपाई अनुमान लगाउनु हुन्छ भने मेरो उमेर २५ देखि ३० भित्र पर्दछ ।'
आज बुधबार उनको जन्मदिन हो । यो बर्षकेही सुस्त रहेकी उनी दश बर्षको फिल्मीकरिअरमा पहिलो पटक चलचित्र बरदान मार्फत प्रोड्यूसर पनि बनिन । जन्मदिनमा परिवार सहित पशुपति नाथ दर्शन गर्ने आज उनको योजना छ । यस्तै साँझ बुद्वनगरमा रहेको निवासमा उनले केक काट्ने तयारी पनि गरेकी छिन् । तर बर्थडे पार्टीमा परिवारका सदस्य बाहेक साथी भाई नडाक्ने रेजिनाले बताईन । जन्मदिनसंगै आजबाट उनले फिल्मीखबर मार्फत नयाँ योजनापनि र केही संकल्पका कुराहरूपनि बताईन । उनले भनिन 'पहिलेको जस्तो जुन पायो त्यो फिल्ममा अब खेल्ने छैन त्यसैले राम्रा ब्यानर र नाम कहिलिएका फिल्ममेकरसंग जुनसुकै बेला काम गर्न तयार छु । ' यस्तै उनले विगतका दिनमा आफूबाट अञ्जानमा भएका गल्तीबाट पाठ सिक्दै आगामी दिनमा त्यस्ता गल्तीहरू नगर्ने प्रतिबद्धता पनि जाहेर गरिन ।
यो बर्ष रेजिनाद्धारा अभिनित तीन चलचित्र त्यो दश घण्टा, चम्पा चमेली र राज रिलिज भएका छन् । यस्तै उनको होम प्रोडक्सनको चलचित्र बरदान रिलिजको तयारीमा छ । उनले भनिन् अहिले बरदानको प्रमोशन कसरी गर्ने भन्ने कुरामा बढी ध्यान दिईरहेको छु त्यसैले यो फिल्म रिलिज भएलगत्तै अर्को फिल्म निर्माणको तयारीमा जुट्ने छु ।
धादिङ्गमा जन्मिएकी यि हिरोईनको उमेर गेस गर्ने जिम्मा तपाईलाई छाड्दै फिल्मीखबरको तर्फबाट भन्छौ "हृयाप्पी बर्थडे रेजिना ।"
यस्तै आजै नायक रमित ढुङ्गाना र नृत्य निर्देशक गोविन्द राईको पनि जन्मदिन परेको छ ।