एक दशक अघि रिलिज भएको चलचित्र 'साथी' मा करिश्मा मानन्धरसंग 'आई लभ यू' भन्न सिकेका अभिनेता राजेश हमालले फेरी एक पटक आई लभ यू भन्ने भएका छन् ।
गायक राजेशपायल राईले गाएको उक्त गितलाई लाईभ पर्फमेन्स मार्फत हमालले दमकका स्थानीय बासीहरू माझ 'आई लभ यू' भन्दै कम्मर मर्काउन लागेका हुन् । महानायकका पब्लिक रिलेसन अफिसर (पिआरओ) चिरञ्जीवी आचार्यले दिएको जानकारी अनुसार ब्यस्त सुटिङ तालिकाबाट केही दिन विश्राम लिदै उनी पूर्वाञ्चल आयोजना हुन लागेको दमक महोत्सवमा सहभागी हुदैछन् ।
महोत्सवमा कुनै समय निकै हिट भएको चलचित्र 'साथी' को 'मलाई पनि अग्रेजीमा बोल्न सिकाई देऊ न...' मा उनी डान्स गर्ने छन् । उनलाई गायक राजेश पायल राईले साथ दिने छन् भने अपोजिट फिमेल क्यारेक्टर भने आयोजकको रोजाईमा हुने बताईएको छ । महोत्सव माघ १४ गते देखि २६ गते सम्म हुदैछ तर हमाल १९ गतेका दिन मात्र महोत्सवमा सहभागी हुनेछन् । उक्त महोत्सवमा दर्शकलाई आई लभ यू भनेपछी हमाल माघ २२ गते भारतको मेघालयमा आयोजना हुने साँस्कृतिक कार्यक्रममा सहभागी हुन पुग्दैछन् ।
नेपाली सिनेमाको राम्रो मार्केटको रूपमा रहेको पूर्वाञ्चलमा कलाकारहरूको क्रेज धेरै छ । गत दशैमा आर्यन सिग्देल दमक पुग्दा ग्रमिण भेग देखि बस रिर्जभ गरेर स्थानीय बासी आर्यनलाई हेर्न सिनेमा हल सम्म पुगेका थिए । भारी रकम तिरेर आयोजकले महानायकलाई महोत्सवमा सहभागी गराउने भएपछी पूर्वाञ्चलमा उक्त महोत्सवको पब्लीसीटी ब्यापक भैरहेको छ ।
राजेश हमाल र करिष्मा मानन्धर अभिनित चलचित्र साथीको गीत