चलचित्रको व्यवसाय दिन प्रतिदिन खस्कदैं गईरहेको अवस्थामा चलचित्र एकआपसमा भिड्नु पक्कै पनि दु:खको कुरा हो । चलचित्र एकआपसमा भिड्दा त्यसले न निर्मातालाई फाईदा पुर्याउँछ न त कलाकार र प्राबिधिकलाई । तर पनि चलचित्र भिड्न भने छाडेका छैन ।
भोली शुक्रबारबाट चार चलचित्र लूट, बजार, सडक र मस्ती एकसाथ प्रदर्शनमा आउँदैछन् । यि मध्ये तीन चलचित्र लूट, बजार र मस्ती राजधानीका सिनेमा घरमा प्रतिष्पर्शा गर्दैछन् भने राजधानी बाहिरका सिनेमा घरमा पनि तीन चलचित्र लूट, बजार र सडक प्रतिष्पर्धामा उत्रदैं छन् । प्रदर्शनमा आउन लागेका यि चारै चलचित्रले आ-आफ्नै बिशेषता बोकेकाले सम्बन्धित निर्माताहरू व्यवसाय राम्रै हुनेमा आशावादी छन् तर यसले कसैलाई फाईदा पुर्याउँदै भन्ने कुरा निश्चित नै छ ।
प्रदर्शनमा आउन लागेका चलचित्र मध्ये लूट अहिले सर्वाधिक चर्चामा छ । युवानिर्देशक निश्चल बस्नेतले निर्देशन गरेको सो चलचित्रको गीत र प्रोमोलाई युवाहरूले नै बढि रूचाएको पाईएको छ । यस्तै फाईट मास्टर एनबी महर्जनले पहिलो पटक निर्देशन गरेको चलचित्र 'बजार' पनि अहिले चर्चामा नै छ । एक्सन प्रधान चलचित्र भएकाले दर्शकले रूचाउने दाबी चलचित्रकर्मीको छ । यता प्रदिप श्रेष्ठले निर्देशन गरेको चलचित्र 'सडक' र मदन घिमिरेले निर्देशन गरेको चलचित्र 'मस्ती' पनि फर्मुलामा आधारित रहेकाले बिजनेश राम्रै हुने आश गरिएको छ ।
चार चलचित्र एकैपटक भिड्दा व्यवसायिक दुर्घटनामा पर्ने निश्चित नै छ तर पनि जति हुन्छ त्यसमा कस्ले बाजि मार्छ भनेर भन्न सक्ने अवस्था छैन । आशा गरौं चारै चलचित्रले निर्माताको अनुहारमा चमक ल्याउने छ ।