द्धन्द पिता गोपाल भुटानी फाउन्डेसन स्थापनाको जानकारी सम्बन्धीत कार्यसमितिका सदस्यलाई नगराएको बिषयमा आपत्ती जनाउदै चलचित्र द्धन्द कलाकारसंघका पदाधिकारीहरुले अध्यक्ष योगेन्द्र श्रेष्ठलाई निलम्बन गर्न अविश्वासको प्रस्ताव आगाडी बढाएका छन् ।
फाउन्डेसनको बिषयमा अन्मित समयममा संघका सल्लाहकार राजेन्द खड्गीले निमन्त्रणा कार्ड पाएपछी विषयले विवादको रुप लिएपछी संघको हिजो आकस्मीक बैठक बस्दै शुक्रबारको फाईनल बैठकबाट विवादको छिनोफानो गर्ने तयारी गरेको थियो तर बैठकमा अध्यक्ष अनुपस्थीत भएपछी संघका अन्य पदाधिकारीहरुले अध्यक्ष श्रेष्ठ विरुद्ध आक्रोसित हुदै उनी विरुद्ध अविस्वासको तयारीलाई तिब्रता दिएका हुन । सल्लाहकार बाहेक १३ सदस्य कार्यसमित रहेको उक्त संघको कार्यालय जमलमा आज बिहान बसेको बैठकमा महासचिव सूर्य थोकर सहित कार्यसमितका सदस्य जनक गुरुङ र उमेश नेवाको साथमा सल्लाहकार राजेन्द्र खड्गी र नारायण प्रधान थिए ।
'आजको बैठकले विवाद टुङग्याउने कुरा थियो तर अध्यक्षले बैठक छ भन्ने थाहा पाएर पनि मोबाईल अफ गरेर बस्नुभएको छ त्यसैले उहाँको यो ब्यहबार प्रति हामी असन्तुष्ट छौ ' महासचिव थोकरेले भने । यस्तै सल्लाहकार एव संघको पूर्व महासचिव नारायणप्रधानले एनआरएनको प्रस्ताव जायज भएपनि फाउन्डेसनका लागि अध्यक्षले चालेको प्रक्रि या गलत भएकाले उहाँलाई कारबाही स्वरुप अविस्वास प्रस्ताव लगिने बताए । आफूले चुनेर अध्यक्ष बनाएको प्रसंगलाई झिक्दै अर्का सल्लाहकार राजेन्द्र खड्गीले भने 'योगेन्द्रले अध्यक्ष भएर धेरै पटक गल्ती गर्दा माफ दिईसकेका छौ तर यसपटक भने माफी हुदैन उसलाई अध्यक्षबाट हटाईन्छ ।' फाउन्डेसनको बिषयमा यागेन्द्रसंग राजेन्द्रको गत बुधबार सिने जोन स्टूडियोमा हात हालाहाल भएको थियो ।
यस्तै फिल्मीखबरसंगको कुराकानीमा आफूलाई अध्यक्षपदबाट हटाएर देखाउन योगेन्द्रले राजेन्द्रलाई चुनौती दिएका छन् । उनले भने 'जसले जे भन्यो त्यही हुन्छ के अध्यक्ष लाई त्यसै निकाल्नपाईन्छ उहाँ (राजेन्द्र खड्गी )ले फाउन्डेसनको बिषयमा कुरा नबुझ्दा विवाद भएको हो हेरौ कसरी निकाल्छ ।' योगेन्द्रका अनुसार बृहत छलफलबाट मात्र फाउन्डेसन स्थापनाको काम अगाडी बढाईने प्रयास स्वरुप प्रेस मिटको तयारी गरिएको थियो तर यो कुरा नबुझदा मलाई गलत भनिएको हो । फाउन्डेनसन खोल्ने कार्य सुनिल थापाको संयोजक्त्वमा हुन लागेको थियो जसका लागि योगेन्द्रले निम्तो बाड्ने जिम्मेबारी पाएका थिए ।
कलाकार भएकाले द्धन्द विद्याका ब्यक्ति गोपाल भुटानीलाई सम्मान गर्दै फाउन्डेसन खोल्न सुनिल थापाले चालेको कदमलाई संघले स्वागत योग्य भनेको छ तर थापा र योगेन्द्रले द्धन्द संघलाई जानकारी नगराई ब्यक्तिगत रुपमा फाउन्डेसन खोल्न चालेको कदम गलत भन्दै उनीहरुविरुद्ध संघले आपत्ति जनाउदा विवाद अध्यक्षलाई निलम्बन गर्ने कार्य सम्म पुगेको हो ।