नेपालको नम्बर वान ब्यानर रेखा फिल्मस्मा त्यस्ता ब्यक्ति मात्र अनुबन्धीत हुन्छन् जसले राम्रो काम गर्न सक्छन् । सिफारिसको भरमा काम पाउने प्रचलन अन्य केही ब्यानरमा भएपनि यो नियम उक्त ब्यानरमा लागू छैन । अनुभवी अनि व्यवसायिकतामा क्लियर कट निर्माताले परिचित छवि ओझाको हात जसको टाउकोमा पर्छ उसको भाग्य परिवर्तन नभएका पनि हैनन् ।
राजेश हमाल देखि लिएर विपना थापा अनि श्रीकृष्ण श्रेष्ठ देखि लिएर रेखा थापा र आर्यन सिग्देललाई समेत डेब्यू गराएका यि गड फादरले गत बर्ष नयाँ निर्देशक सविर श्रेष्ठलाई लिएर कसले चोर्यो मेरो मन बनाए । जुन प्रोजेक्ट बर्षको हिट सिनेमाको रूपमा गनियो । यति मात्र हैन असिस्टेन्ट र्डाईरेक्टरको एक दशक अनुभव संगालेका श्रेष्ठलाई सोही फिल्मले विकाउ निर्देशकको रूपमा पनि परिचित गरायो ।
हाल 'के म तिम्रो साथी बन्न सक्छु' को प्रोष्टप्रोडक्सनको सम्पूर्ण काम सकेर फुर्सदिला भएका सविरलाई छवि ओझाले रेखा फिल्मसको तर्फबाट सातौ प्राजेक्ट निर्देशन गर्ने जिम्मा दिने तयारी गरेका छन् । 'स्क्रिप्टमा अझै मिहिनेत गर्नुपर्छ जस्तो छ', हालैको एक भेटमा संगै भेटिदा छविले सविरलाई भन्थै थिए ।
ओशोको सम्भोग देखि समाधि सम्मको पुस्तक अध्ययनमा ब्यस्त छविले फिल्मलाई उत्कृष्ट बनाउन सविरसंग उठबस गर्न सुरू गरेका छन् ।' के गर्नु यो फिल्म बनाउने काम बाहेक अरू काम आउदैन त्यसैले फागुन महिना देखि अर्को फिल्म बनाउदैछु जसमा सविरको निर्देशन हुने छ', छवि भने ।
रेखा फिल्मसमा दोहोरिएपछी खुशी ब्यक्त गर्दै सबिरले भने, 'निर्देशकका लागि प्रोड्यूसर रिपिट हुनु ठूलो कुरा हो त्यसैले पहिलेको भन्दा बढी जिम्मबारी महसुस गर्दे कसले चोर्यो मेरो भन्दा राम्रो सिनेमा बनाउने लक्ष्य र विश्वास लिएको छु ।'
रेखा फिल्मसले हाल सम्म ६ वटा फिल्म बनाईसकेको छ । जसमध्ये पाँचौ प्रजेक्टलाई सविरले निर्देशन गरेका थिए । यस्तै सोही ब्यानरको छैठो प्रजेक्टको रावण आउदो चैत २७ गते देखि देशब्यापी रिलिज हुने भएको छ । भर्षटायल कलाकार कमलकृष्ण पौडेलले डेब्यू फिल्मको रूपमा निर्देशन गरेको 'रावण'को फष्टलुक फिल्मीखबर मार्फत सार्वजनिक गर्दै पब्लीसिटी सुरू गरिएको छ । रावणको गीत शनिबार फिल्मीखबर मार्फत वर्ल्ड प्रिमियर गरिने छ ।