एकै दिनमा चार वटा सम्म फिल्म चल्दा सिनेमाको विजनेस ध्वस्त भैरहेको अवस्थामा नायक मुकेश ढकालले अर्न्तराष्ट्रिय बजार खोजी कार्यलाई तिब्रता दिएका छन् ।
क्रिसमस सहित नयाँ बर्ष २०१२ लाई स्वागत गर्ने बहानामा मन बहलाउन करिब दुई साता थाईल्याण्ड बस्दा उनले त्यहाँ रहेका नेपालीहरूको सिनेमा चाह बुझ्दै सिनेमाको अर्न्तराष्ट्रिय बजारिकणलाई अगाडी बढाउने सोचाई बनाएका हुन् । 'अकस्मात एक मिटिङमा पुगे अनि थाहाँ पाए नेपाली सिनेमाको डिमान्ड त्यहाँ कस्तो रहेछ भनेर । त्यसैले चाडै नै पहिलो प्रयास स्वरूप एउटा फिल्म लिएर म पुनः थाईल्याण्ड जादै छु' थाईल्याण्डबाट फर्किएका मुकेशले फिल्मीखबरसंगको कुराकानीमा भने । मुकेशले प्रत्यक्ष रूपमा पनि त्यहाँका नेपाली दर्शकहरूसंग कस्तो सिनेमा हेर्ने इच्छा छ भन्ने बिषलाई अनुगमन गरेको बताए ।
किस किलर हिरो मुकेश पछिल्लो समय रूचाईएका नयाँ अनुहार हुन् । जो ब्यस्त कलाकारको लिष्टमा पनि पर्छन् । उनीद्धारा अभिनित चलचित्र प्लान रिलिजको तयारीमा छ । तर स्वदेश प्रिमियर अघि उनले सो फिल्मलाई टेष्ट स्वरूप थाईल्याण्डमा प्रिमियर गर्ने बताए । निर्माताको अनुमति पश्चात प्लान लिएर उनी फागुनमा पुनः थाईल्याण्ड जादैछन् ।