करिब चार करोड बराबरको गोपाल भुटानी फाउन्डेसन खोल्ने बिषयमा द्धन्द कलाकार संघमा देखिएको विवाद साम्य भएको छ ।
अध्यक्ष योगेन्द्र श्रेष्ठलाई समेत निलम्बन गर्ने मोडमा पुगेको उक्त विवाद शनिबारको बैठकबाट सहमतिमा टुगीएको हो । शुक्रबारको बैठकमा अध्यक्ष श्रेष्ठ उपस्थित नभएपछी अविश्वासको प्रस्ताव लैजाने तयारी भैरहदा शनिबार बिहान पुन: बसेको संघको बैठकमा योगेन्द्रले माफी मागेपछी विवाद अन्त्य भएको हो । संघका सल्लाहकार राजेन्द्र खड्गीसंगको जुहारीबाट सुरु विवादलाई स्वयम राजेन्द्रले सहमतिमा पुर् याएका थिए । 'अध्यक्षलाई सुनिल थापाले मिस यूज गरेको प्रस्टिएपछी माफी दिएका हौ ' राजेन्द्रले भने ।
द्धन्द पिता भएका नाताले द्धन्द संघलाई जानकारी विना ठूलो राशीको फाउन्डेसन खोल्ने अधिकार सुनिल थापालाई नभएको भन्ने अपत्ति द्धन्द संघले ब्यक्त गरेको बिषयले उग्र रुप लिदा योगेन्द्रको अध्यक्ष पद धरापमा परेको थियो । योगेन्द्रले फाउन्डेसन खोल्ने भेलाको तयारीका लागि सुनिल थापालाई ब्यक्ति गत रुपमा सहयोग गर्दा उनी विवादमा तानिएका हुन् ।
यस्तै शनिबारको बैठकमा आफूबाट गल्तीभएको स्वीकार्दै अध्यक्ष श्रेष्ठले सुनिल थापाको लहैलहैमा आफू फसेकाले यस्तो बिवाद भएको भन्दै विवादित सिक्कालाई सुनिल थापाको पोल्टोमा फ्याकिदिएका छन् । बैठक पश्चात योगेन्द्रले भने, 'मलाई सुनिल थापाले मिस यूज गरेको हो अनि यो बिषयमा मैले पनि संघमा खबर गर्नु पथ्र्यो तर थापाले सप्राईज भन्दै संघमा खबर नगर्न भनेपछी म पनि अलमल्लमा परेको हुँ । '
सुनिल थापाले योगेन्द्रले आफूलाई लगाएको यस्तो आरोपको खण्डन गरेका छन् । उनले भने, 'गोपाल भुटानी फाउन्डेसनका लागि यूरोपका एनआरएनहरुले प्रस्ताव गरेपछी सो प्रस्तावलाई आगाडी बढाउने प्रयास स्वरुप भेला आयोजना गर्न लागेको थिए र सोही भेलाबाट राजेन्द्र खड्गीलाई सर्रप्राईज दिने योजना स्वरुप योगेन्द्रको साथ लिएको तर बिषयलाई अर्कै ढङ्गगले किन हेरियो मलाई थाहाँ छैन ।'
थापाले आफूले एकलौटी नभई सिनेमा उद्योगका हस्तीहरुको छलफलबाट फाउन्डेसन खोल्ने तयारी गर्ने प्रयास स्वरुप भेला आयोजनाको तयारीको संयोजक आफूभएको बताउदै फाउन्डेसनको बिषयमा योगेन्द्रको ब्यबहार अस्पष्ट हुदा विवाद भएको बताए । यध्यपी उनले आफ्नो कारणले योगेन्द्रले फसेको महसुस गरेको भए फिल्मखबरमार्फतमाफी पनि मागेका छन् ।
जिवित छदा कसैको एक रुपैयाको साथ नपाएका द्धन्द पिता गोपाल भुटानीको निधन पश्चात उनको नाममा विभिन्न संघसंस्थाबाट लाखौ धनराशीका ट्रष्ट खोल्ने प्रस्ताव आईरहेको छ । जसलाई संघका महासचिव सूर्य थोकरले भुटानी जिउदो छदा सहयोग नभएको अवस्थामा अहिले आईरहने विभिन्न प्रस्तावलाई नाम कमाउन चालिएको कदम भनी संज्ञा दिएका छन् । यध्यपी ठूलो राशीको भुटानी फाउन्डेसनलाई छिट्टै अगाडी बढाईने उनले बताए ।
आयरल्याण्डका एनआरएन अध्यक्ष गणेश प्रसाईले चार करोड रुपैया बराबरको फाउन्डेसन खोल्न रकम समेत संकलन गरेको बुझिएको छ । जस अनुरुप फाउन्डेसन स्थापना अगावै विवाद बढेपछी एनआरएन अध्यक्ष प्रसाईले राजेन्द्र खड्गीलाई शनिबारको बैठकमा फोन गरी विवाद साम्य पार्न पहल गरेका थिए । र चार लाख यूरो बराबरको फाउन्डेसनलाई संघ मार्फत खोल्ने बाचा समेत प्रसाईले गरेको खड्गीले बताए ।